Logo

राजनीतिक दलहरुलाई आचारसंहितामा ध्यान दिन आग्रह

Rato Pen १४ बैशाख २०७९, बुधबार १२:०० मा प्रकाशित

बर्दिया, बैशाख १४ गते
बर्दिया जिल्लाको निर्वाचान अधिकृतको कार्यालय बारबर्दियाले सर्बदलीय बैठक राखि राजनीतिक दलहरुलाई स्थानीय तहको निर्वाचान आचारसंहिता कार्यान्वयनमा ध्यान दिन आग्रह गरेको छ । रानजीतिक दलहरुले उम्मेद्वारी मनोनयन दर्ता गर्ने बेलामा नै केही आचारसंहिता विपरित क्रियाकलाप गरेको गुनासो तथा संचारमाध्यम, सामाजिक संजालमा आएपछि आचारसंहिता कार्यान्वयन गर्न आग्रह गरेको हो ।
बारबर्दियमा यस अघि नै स्थानीय तह निर्वाचान आचारसंहितालाई कार्यान्वयन गर्ने गराउने भनि दुई पटक सर्बदलीय बैठकले निर्णय गरिसकेको छ । स्थानीय निर्वाचनमा आचारसंहिता उल्घन गर्नेलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएर स्थानीय अनुगमन समितिलाई जानकारी गराउने बुधबार बसेको सर्वदलीय बैठकले निर्णय गरेको छ । आचारसंहिता कार्यन्वयन गर्न प्रत्येक राजनीतिक दलहरुले स्थानीय वडामा आचारसंहिता कार्यान्वयन गर्न दलीय अनुगमन समिति बनाउने र सोको कार्यान्वयन गर्न निर्देशन गर्ने सबै दलका प्रतिनिधिहरुले प्रतिबद्धता जनाउनु भएको छ ।
निर्वाचन आचारसंहिता लागु भइसकेको अवस्थामा बारबर्दियामा पनि स्थानीय राजनीतिक दलहरुले टिर्सट, झन्डा र सवारीसाधनमा आचारसंहिता उल्घन गरेको पाईएकोले त्यसलाई तत्काल रोक्ने राजनीतिक दलका प्रतिनिधिहरुले प्रतिबद्धता जनाउनु भएको छ । आचारसंहिता उल्घनमा सबै थोरै धेरै भएपनि सबैदलहरुले गरेकोले सबैले आ आफ्नो पार्टीपंति र कार्याकर्ताहरुलाई आचारसंहिता रोक्नु पर्ने कुरामा जोड दिनु भएको थियो ।
बैठकमा निर्वाचन अधिकृत कार्यालय बारबर्दिया निर्वाचन अधिकृत कृष्णप्रसाद चापागाईले सबै राजनीतिक दलका प्रतिनिधिहरुले आचारसंहिता पालना गरे आफै कार्यान्वयन भईहाल्ने बताउनु भएको छ । यस अघिका बैठकहरुमा आचारसंहिता कार्यान्वयन गर्ने निर्णय भईसकेकोले राजनीतिक दलहरुले नैतिक रुपमा सक्षम हुन आग्रह गर्नु भएको छ ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?