
बर्दिया, बैशाख १६ गते
बर्दियाका स्वास्थ्यकर्मीहरुले बालबालिकाहरुको शारीरिक, मानसिक, सम्बेगात्मक, भाषिक विकासका लागि तिनै तहका सरकारले नीति तथा कार्यक्रम मार्फत बजेटको ब्यबस्था गर्नु पर्ने बताउनु भएको छ । बालबालिका सपना कार्यक्रमको जिल्ला स्तरीय सरोकारवालाहरु बिच भएको अन्तरक्रिया कार्यक्रममा सहभागि स्वास्थ्यकर्मीहरुहरुले उक्त कुरा बताउनु भएको हो ।
स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले बालबालिका सपना कार्यक्रम समुदाय स्तरमा आश्यक रहेकोले कार्यान्वयनलाई राष्ट्रिय रुपमा लैजानका लागि पहल गर्न पर्ने बताउनु भएको छ । कार्यक्रमको प्रभाकारीताको बारेमा तथ्यगत रुपमा प्रस्तुत गरि स्थानीय जनप्रतिनिधिहरुलाई जानकारी गराई नीति तथा कार्यक्रममा लैजानु पर्ने बताउनु भएको छ । अहिले जनप्रतिनिधि नयाँ आउनका लागि तयार भएकाले उहाँहरुलाई जानकारी गराउने खालको कार्यक्रमहरु तयार गरिरहनु पर्ने बताउनु भएको छ ।
हाल बालबालिका सपना कार्यक्रममा अभिभावकहरुलाई सचेतना, बालबालिकाहरुको मानसिक विकासमा सहयोग पुर्याउने वातावरण तथा खेलौना सम्बन्धि सिप, पोषणयुक्त खानाको बारेमा परामर्श सहजिकरण गर्ने गरिएको छ । यो कार्यक्रम बर्दिया जिल्लाको ठाकुरबाबा, राजापुर र बारबर्दिया नगरपालिकामा संचालनमा रहेको छ । यो नमुना कार्यक्रम रहेकोले यसलाई देशब्यापि रुपमा लैजानु पर्ने कार्यक्रममा सहभागिहरुको भनाई हरेको थियो ।
यो कार्यक्रम स्वास्थ्यक्षेत्रका महत्पुर्ण कार्यक्रम रहेकोले बालबालिका स्याहार र पोषणको बिषयमा सबैले बुझ्न र जान्नु पर्ने अतिआवश्यक रहेको बताउनु भएको छ । बच्चा स्याहारमा आमाबुवाको भूमिका बराबर हुनु पर्ने सहभागिहरुको भनाई रहेको थियो । कार्यक्रममा ठाकुरबाबा, बारबर्दिया र राजापुर नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख तथा प्रतिनिधिहरुले आफ्नो पालिकामा बालबालिका सपना कार्यक्रम संचालन गरेको बारेमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रमको बारेमा जानकारी तथा उदेश्यको बारेमा थारु महिला उत्थान केन्द्रकी कार्यकारी निर्देशक प्रिज्मासिंह थारुले जानकारी गराउनु भएको थियो ।