Logo

माओबादीको प्रतिबद्धता ः एसईई पास भएका सबै छात्राहरुलाई साईकल

Rato Pen १९ बैशाख २०७९, सोमबार २३:३० मा प्रकाशित

बारबर्दिया, बैशाख १९ गते

नेकपा (माओबादी केन्द्र) बारबर्दियाले शिक्षा क्षेत्रलाई प्रमुख प्राथमितामा राखेर हालका सरकारले गरेका कामहरुलाई निरन्तरता दिदै अगाडी बढ्ने भएको छ । बारबर्दियामा भईरहेको विकासको गतिलाई तिब्रता दिने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ । बारबर्दिया नगरपालिका शिक्षा क्षेत्रमा नेपालको नमुना नगरपालिका हो । बारबर्दिया नगरपालिका अनिर्वाय आधारभूत शिक्षा सुनिश्चितता नेपालमा सबभन्दा पहिले भएको छ । बारबर्दिया शिक्षा क्षेत्रमा अझैपनि उत्कृष्ट कामहरु गरेको छ ।

बारबर्दिया नगर सरकारको दशबर्षे शिक्षा क्षेत्र योजना तथा नीतिलाई कार्यान्वयन गर्ने, माध्यमिक तहसम्म निःशुल्क शिक्षा सुनिश्चित गर्ने, नगर शिक्षकहरुलाई संघीय सरकारले प्रदान गरेसरहको सेवासुबिधा प्रदान रहेको छ । बालविकासका शिक्षक तथा कर्मचारीहरुलाई आवश्यक मापदण्ड बनाई सेवा सुविधा बृृृद्धि गर्ने, स्मार्ट तथा नमुना विद्यालय निर्माण गर्ने रहेको छ ।

्“सहिद बिष्णु–धनी स्मृति बहुप्राबिधिक शिक्षालय”लाई सि.टी.इ.भि.टी. शिक्षालयको आंगिक बनाउने, सुविधा सम्पन्न नगर व्यवसायिक शिक्षालय केन्द्रको रुपमा अगाडीे बढाउने रहेको छ । खेलकुदको राष्ट्रिय तथा अन्तराष्ट्रिय पहिचान बढाउनका लागि ५ देखि १२ कक्षाका विद्यार्थीलाई लक्षित गरि खेलकुद एकेडेमी स्थापना गर्ने, सूचना सञ्चार तथा प्रविधिको बढ्दो आबश्यकतालाई संवोधन गर्न माध्यमिक तहको आईसीटी एकेडेमी स्थापना गर्ने नमूना शैक्षिक क्रियाकलाप सञ्चालन गर्न बिषयगत शिक्षकको व्यवस्था गर्ने रहेको छ ।

सहिद, वेपत्ता, घाईते अपांगता भएका ब्यक्ति तथा परिवार, अतिबिपन्न, जनजाति, सिमान्तकृत बर्गका विद्यार्थीहरुलाई प्राविधिक शिक्षामा(डक्टर, सिए, नर्स, बनबिज्ञान, बिज्ञान आदी)पुर्ण निःशुल्क शिक्षाको व्यवस्था गर्ने, विद्यालयको आवस्यकता अनुसार भौतिक संरचनाहरु निर्माण गर्ने, सबै सामुदायिक विद्यालयका शौचालयहरु अपाङ्गमैत्री, बालमैत्री र छात्रामैत्री बनाउने, बिज्ञान बिषय पढ्ने छात्राहरुलाई निःशुल्क अध्ययनको ब्यवस्था र बारबर्दिया नगरपालिका स्थायी बसोवासीलाई नेपाल जुनसुकै स्थानमा बिज्ञान बिषय अध्ययन गर्ने अतिविपन्न, दलित, मुक्त कमैया सुकुम्वासी छात्रहरुलाई मासिक ५ हजारका दरले छात्रबृति प्रदान गर्ने रहेको छ ।

विद्यालयबाट एस.र्ई.ई. पास गरेका सबै छात्राहरुलाई साईकलको ब्यबस्था गर्ने , प्रतिबर्ष तीन ठूला स्कुलहरुलाई स्कुलबसको व्यवस्थाका लागि सहयोग गर्ने, मा.वि. तहका एक शिक्षक एक ल्यापटपको व्यवस्था गर्ने, विद्यालयमा कार्यरत उत्कृष्ट कार्य गर्ने शिक्षक कर्मचारीहरुलाई छुटै कोषको नामाकरण गरि सम्मान गर्ने, नगरपालिकालाई पुर्ण साक्षर नगर घोषणाको योजना अगाडी बढाउने रहेको छ ।

विद्यालय स्वास्थ्य सेवा कार्यक्रम मार्फत प्रत्येक विद्यालयमा आवश्यक पर्ने आधारभूत स्वास्थ्य सेवाका लागि माध्यमिक विद्यालयहरुमा स्टाफ नर्स को ब्यबस्था गर्ने, खेलकुद विकास र प्रवर्धनका लागि बारबर्दिया खेलकुद विकास समिति गठन गर्ने, बेलभारमा रहेको असहाय बाल संरक्षण केन्द्रको स्तर उन्नती गरि ५० जना बालवालिका क्षमताको केन्द्र स्थापना गर्ने र उक्त केन्द्र मार्फत सबै प्रकारका सामाजिक सुरक्षाका कार्यक्रमहरु संचालन गर्ने प्रतिबद्धता पत्रमा उल्लेख छ ।


लोकप्रिय समाचार
ताजा समाचार
लोकप्रिय छुटाउनुभयो कि ?