Logo

बर्दियाका संचारकर्मीहरु निर्वाचन आचारसंहिता कार्यान्वयन गर्न प्रतिबद्ध

Rato Pen २० बैशाख २०७९, मंगलवार १२:१९ मा प्रकाशित

बर्दिया, बैशाख २० गते
बर्दियाका संचारकर्मीहरुले निर्वाचन आचरसंहिता पालना गर्न र गराउन प्रतिबद्ध रहेको बताउनु भएको छ । सम्बाद समुह बर्दियाको आयोजनामा मंगलबार बर्दियाको गुलरियामा निर्वाचन आचारहिता कार्यन्वयन र संचरकर्मीहरुको भूमिकाको बिषयक छलफल कार्यक्रममा संचारकर्मीहरुले प्रतिबद्ध रहेको बताउनु भएको हो ।


संचरकर्मीहरुले अहिले राजनीतिक पार्टीहरुले आचारसंहिता कार्यान्वयनका गम्भिर नभएको बताउनु भएको छ । प्रचारप्रसारको समयलाई ख्याल नगर्ने, र झन्डा तोकीएको साइज भन्दा ठूला र धेरै परेको गरेको, ठूला आवाज(साउड)मा प्रचारप्रसार गरिहेकोले ध्वानी प्रदुर्षन गरिहेकोले सम्बन्धित सरोकारवाला सबैले सचेत हुनु पर्ने कुरामा जोड दिनु भएको छ ।


छलफलमा बर्दिया जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी रमेश पान्डेले संचारकर्मीले निर्वाचन आचारसंहिता पालना गर्दै राजनीतिक दलहरुलाई सचेत गराउन महत्वुर्ण भूमिका निर्वाह गर्नु पर्ने बताउनु भएको छ । आचारसंहिता उल्घन गर्ने उम्मेद्वार तथा राजनीतिक दलले गरेको पायमा निर्वाचन अधिकृतको कार्यालय तथा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी गर्न आग्रह गर्नु भएको छ ।

छलफलमा जिल्ला निर्वाचन कार्यालय बर्दियाका निर्वाचन अधिकारी कृष्ण कुवारले पत्रकार आचारसंहिताको बारेमा जानकारी गराउनु भएको थियो । आचारसंहिता कार्यान्वयन आफुबाट शुरुवात गरि आफ्नो क्षेत्रमा कार्यान्यन गुराउन प्रतिबद्ध हुने पर्ने बताउनु भएको छ ।
छलफल कार्यक्रममा बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी रमेश पान्डे, निर्वाचन कार्यालय बर्दियाका निर्वाचन अधिकृत कृष्ण कुँवार सम्बाद समुहका पदाधिकारी र बर्दिया संचारकर्मीहरुको सहभागिता रहेको थियो ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?