Logo

सकारात्मक अभिभावक शिक्षा तथा कृषि प्रर्दशनी मेला बारबर्दियामा सम्पन्न

Rato Pen २६ जेष्ठ २०७९, बिहीबार २३:०५ मा प्रकाशित

बर्दिया, जेठ २६ गते
प्रारम्भिक बाल विकासका लागि सकारात्मक अभिभावक शिक्षा तथा कृषि प्रर्दशनी मेला बारबर्दिया नगरपालिकाको वडा नम्बर ३ बेलवाबज्जामा सम्पन्न भएको छ । बारबर्दिया नगरपालिका, थारु महिला उत्थान केन्द्रको साझेदारीमा प्लान इन्टरनेश्नल र डी.सि.ए.को सहयोगमा बालबालिकाको सपना, प्रकोप विरुद्ध अनुकुलन र सक्षम जीवनयापनमा अधिकार(आधार) परियोजना अन्तरगत प्रर्दशनी कार्यक्रम गरिएको हो ।
उक्त मेलाको अवलोकन बारबर्दिया नगरपालिकाका नगरप्रमुख छबिलाल थारु, नगरउपप्रमुख रत्नकुमारी पान्डे, वडा अध्यक्षहरु, बारबर्दियाका बिषयगत कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, स्वास्थ्य कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुले संयुक्त रुपमा गर्नु भएको छ । प्रारिम्भक बाल विकासमा सहयोग पुग्ने खालका हस्तकलाका खेलौना तथा सामग्रीहरु, पोषणयुक्त खानेकुराका प्रकारहरु, करेसाबारी तथा सहज तरिकाबाट कृषि ब्यबसाय, पशु ब्यबसायबाट लिन सकिने लाभका सामग्रीहरुको स्टलहरु राखिएको थियो ।
प्रर्दशनी मेलालाई सम्बोधन गर्दै बारबर्दिया नगरपालिकाका नगरप्रमुख छबिलाल थारुले स्टलका राखिएको बस्तु तथा सामग्रीहरु सन्देश मुलकहरुको बताउनु भएको छ । प्रासम्भिक बाल विकासका लागि अभिभावकहरुलाई शिक्षा दिन र कृषि तथा पशुपालन क्षेत्रमा उत्प्रेरना जगाउन महत्वपुर्ण रहेको बताउनु भएको छ । जसरी प्रर्दशनीका राखिएका बस्तु तथा सामग्रीहरु रहेको छ त्यसलाई हाम्रो दैनिक जीवनमा लागु गर्ने र ब्यबहारिक रुपमा सबै जनसमुदाय समक्ष पुर्याउन आवश्यक रहेको बताउनु भएको छ । साथै संस्कृतिक प्रस्तुति मार्फत समुदायलाई सन्देश दिन खोजिएको छ जुन एकमै महत्वपुर्ण रहेको बताउनु भएको छ । बारबर्दिया कलासंस्कृतिको धनि रहेकोले सोही कलाबाट शिक्षा दिनु एकदमै सकारामत्मक पक्ष रहेको बताउनु भएको छ । कार्यक्रमको आयोजना गर्ने थारु महिला उत्थान केन्द्र र प्रर्दशनी मार्फत तथा कलासंस्कृतिबाट सकारात्मक सन्देश दिने सम्पुर्णलाई धन्यबाद दिनु भएको छ ।
बारबर्दिया नगरपालिकामा संचालिन बालबालिकाको सपना परियोजना र आधार परियोजनाको कार्यक्षेत्रका समुह तथा सदस्यहरुले स्टलको रुपमा सहभागि हुनु भएको थियो । सन्देश मुलक संस्कृति प्रस्तुतिहरु पनि प्रस्तुत गर्नु भएको थियो ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?