Logo

बारबर्दियामा निःशुल्क योग शिविर संचालनमा

Rato Pen २७ जेष्ठ २०७९, शुक्रबार १६:०६ मा प्रकाशित

बर्दिया, जेठ २७ गते
बर्दिया जिल्लाको बारबर्दिया नगरपालिकामा ६ दिने निःशुल्क बृहत योग शिविर संचालन भईरहेको छ । हरेक दिन विहान पाँच बजे देखि ७ बजे सम्म मगरागाडी आयुर्वेद औषधालय बारबर्दिया नगरपालिकाको आयोजनामा शिविर संचालन रहेको छ ।
“मेरो स्वास्थ्य मेरो जिम्मेवारी” भन्ने नाराका साथ यहि जेठ २४ देखि २९ गते सम्म शिविर संचालन हुने छ । शिविरमा योग प्रशिक्षण तथा जिल्ला आयुर्वेदका बरिष्ठ बैद्य लोकराज पान्डे र बरिष्ठ योग प्रशिक्षक पर्वतकुमार पार्कीले गरिरहनु भएको छ ।


शिविरको माध्यमबाट आयुर्वेद चिकित्सा तथा सेवा प्रदान गर्ने संस्थाहरुबाट पाईने सेवाहरु बारे आम नागरिकहरुलाई जानकारी गराउने, स्थानीय स्तरमा रहेका जनसमुदायको स्वास्थ्य समस्याको दीर्घकालीन निराकरण गराई शरिर र समाजमा सन्तुलन गराउने, स्वास्थ्यकर्मी, जनप्रतिनिधि र समुदाय बीचको सम्बन्ध योगले सकारात्मक र समन्वयात्मक बनाउने, योगको बारेमा जानकारी दिने तथा योगका बिभिन्न क्रियाकलापहरुको अभ्यास गराउने उदेश्यले योग विशिर संचालन गरिएको मगरागाडी आयुर्वेद औषधालयका बैद्य कमलेस पासवानले जानकारी गराउनु भएको छ ।


शिविरमा बारबर्दिया नगरपालिकाका नगरप्रमुख छबिलाल थारु, नगरउपप्रमुख रत्नकुमारी पान्डे, प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाही, स्थानीय बुद्धिजीवि, शिक्षकलगाएत स्थानीयबासीहरुको सहभागिता रहने गरेको छ । योग अभ्यासमा दैनिक करिब ५० सय जनाको सहभागितामा हुदै आएको छ । योग अभ्यास गराउदै आयुर्वेदमा उल्लेख भएअनुसारको आहार विहारको ब्यबहार र स्थानीय स्तरमा प्राप्त हुने जडिबुटीहरुको सामान्य जानकारी दिने कार्यक्रम भईरहेको बैद्य पासवानले जानकारी गराउनु भएको छ ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?