Logo

बारबर्दियामा २४ औँ सहिद बिष्णु-धनी स्मृति दिवस मनाईयो

Rato Pen २८ जेष्ठ २०७९, शनिबार १४:४१ मा प्रकाशित

 

बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका ७ हर्नहवामा २४ औँ सहिद बिष्णु-धनी स्मृति दिवस मनाईएको छ । लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि सघर्षको क्रममा रहेको बेला राज्यपक्षबाट हत्या गरिएको आजकै दिन नेता बिष्णु पोख्रेल र धनीराम थारुको सम्झनामा हरेक बर्ष यो दिवस मनाइने गरिएको हो ।
आजैका दिन २४ वर्ष पहिले जेठ २८ गते नेता बिष्णु र धनीलाई घरबाट नियन्त्रणमा लिएर रानीजरुवाको जंगलमा लगि विभत्स हत्या गरिएको दु:खद दिन मा २४ औ बिष्णु-धनी स्मृति दिवस मनाउने गरिएको छ । उहाँहरुको देखाएको बाटो र सम्झनाले उहाँहरुको अधुरो सपना पूरा हुने विश्वासका साथ हरेकबर्ष स्मृति दिवस मनाउदै आईएको छ ।
सहिद बिष्णु-धनी स्मृति दिवसमा पुर्वमन्त्री तथा संघीय सांसद सन्तकुमार थारु, बारबर्दिया नगरपालिकाका प्रथम नगरप्रमुख दुर्गाबहादुर थारु कविर लगाएतका नेताहरुले सहिद बिष्णु-धनी को चर्चा गर्नु भएको थियो ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?