Logo

खैरापुरमा बहुभाषिक कवि गोष्ठी

Rato Pen ४ असार २०७९, शनिबार २३:१७ मा प्रकाशित

बर्दिया जिल्लाको गुलरिया नगरपालिका १ खैरापुरको १५ नम्बरगाँउमा बहुभाषिक कवि गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । जंग्रार साहित्यक बखेरीको आयोजना तथा युनिक नेपालको सहयोगमा बहुभाषिक कवि गोष्ठी भएको हो ।
कवि गोष्ठीमा कवि, साहित्यकार, कलाकार, स्थानीय बुद्धिजीबि तथा स्थानीयकलाकारहरुले आफ्नो कलाहरू प्रस्तुति गर्नु भएको थियो । गीत, गजल, कविता, परम्परागत सांस्कृतिक प्रस्तुतिहरु कार्यक्रममा प्रस्तुत गरिएको थियो । बर्दियाली साहित्य समाजका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि राजेन्द्र प्रसाद धितालले समाजमा उत्पीदन जबसम्म रहिरहन्छ, तब सम्म लोकतन्त्र आएको मानिदैन त्यसैले हामीले साहित्यबाट पनि उत्पीदन अत्याचार बिरुद्धको अभियान चलाउन सकिने बताउनु भएको छ ।
जंग्रार साहित्यक बखेरीका अध्यक्ष सोम डेमनडौराको अध्यक्षताका भएको कार्यक्रममा अतिथिका रुपमा बर्दियाली साहित्य समाजका अध्यक्ष राजेन्द्र प्रसाद धिताल, गुलरिया नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष जोगिराम थारू, समाजसेवी किन्नु प्रसाद चौधरी ,नारायण प्रसाद चौधरी ,गायक दर्पण कुसुम्या ,युवा नेता सीताराम थारु र थारु पत्रकार संघ बर्दिया अध्यक्ष मानबहादुर थारु लगाएतका वक्ताहरुले आआफ्नो बिचार राख्नु भएको थियो । कार्यक्रमको ब्यबस्थापन भूमिका,स्रस्टा बालिका चौधरीले गर्नु भएको थियो भने कार्यक्रम संचालन गीतान्जली चौधरीले गर्नु भएको थियो ।

 


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?