Logo

विपन्न परिवारका बालबाहिकाहरुलाई राहत

Rato Pen ५ असार २०७९, आईतवार १२:३८ मा प्रकाशित

बाल संरक्षण कार्यक्रम अन्र्तरगत बारबर्दियाका अतिविपन्न पाँच जना बालबालीकाहरुलाई राहत स्वरुप खाद्य तथा शैक्षिक सामग्री बितरण गरिएको छ । बारबर्दिया नगरपालिका अन्तरगत वडा नम्बर ५ का ३ जना र वडा नम्बर ९ का २ जना बालवालिकाहरुलाई राहत सामग्री बितरण गरिएको हो ।
प्लान ईन्टरनेशनल नेपाल र बाँके युनेस्को क्लबका नेपालजंगको सहयोगमा प्रति ब्यक्ति शैक्षिक सामग्री ३ हजार ४ सय ३५ र खाद्य सामग्री २ हजार ९ सय ५० रुपैया बराबरको सामग्री रहेको छ । शैक्षिक सामग्रीमा ज्यामिति बक्स, कापी, कलम र विद्यालय झोला रहेको छ । खाद्य सामग्री अन्तरगत २५ केजी मसिना चालम, ४ केजी दाल, दुई लिटर खाने तेल र ३ किलो नुन रहेको छ ।
उक्त सामग्री बारबर्दिया नगरपालिकाका नगरउपप्रमुख रत्नकुमारी पान्डेको नेतृत्वमा बितरण गरिएको बाँके युनेस्को क्लबका जनक चौधरीले जानकारी गराउनु भएको छ । अति बिपन्न परिवारका बालबालिकाहरुलाई छनौट गरेर राहत वितरण गरिएको छ ।

यस अघि पनि प्लान ईन्टरनेशनल नेपाल र बाँके युनेस्को क्लबका नेपालजंगको सहयोगमा बारबर्दियाका बिभिन्न वडाका लैगिक हिंसा पीडित, अति विपन्न बालबालिकाहरुलाई राहत राहत स्वरुप २२ जनालाई बितरण गरिएको छ ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?