Logo

बारबर्दिया नगरपालिकामा बाल अधिकार समितिको पुर्नगठन

Rato Pen ५ असार २०७९, आईतवार १३:२१ मा प्रकाशित

बारबर्दिया नगरपालिकामा बाल अधिकार समितिको पुर्नगठन गरिएको छ । बारबर्दिया नगरपालिकाका नगरउपप्रमुख रत्नकुमारी पान्डेको अध्यक्षतामा १५ सदस्सीय नगरस्तरीय बाल अधिकार समिति गठन गरिएको हो ।
नगरउपप्रमुखको अध्यक्षतामा रहने उक्त समितिमा तोकीएको वडा अध्यक्ष १ जना, सामाजिक विकास समितिका सदस्य, शाखा अधिकृत, स्थानीय स्तरको प्रहरी प्रमुख, महिला प्रहरी, पत्रकार, गैससका प्रतिनिधि, बाल क्लबका एक बालक र बालिका, महिला तथा बालबालिका शाखा प्रमुख, बालबालिका सम्बन्धी काम गर्ने संस्थाका तोकीएको प्रतिनिधि, बालबालिका अधिकार सम्बन्धी जानकार समाजसेवी लगाएत १५ सदस्य बाल अधिकार समिति रहने ब्यबस्था छ ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?