
बर्दिया, साउन ८ गते
बारबर्दिया नगरपालिकामा संचालनमा रहेको बालबालिकाको सपना परियोजना र खानेपानी, सरसफाई तथा स्वच्छता र उत्थानशिल परियोजनाको पालिका स्तरीय समिक्षा तथा योजना बैठक भएको छ । प्लान ईन्टरनेशन नेपालको आर्थिक सहयोगमा थारु महिला उत्थान केन्द्रद्धारा संचालित बालबालिकाको सपना परियोजना र गेरुवा ग्रामिन जागरण संघद्धारा संचालित खानेपानी, सरसफाई तथा स्वच्छता र उत्थानशिल परियोजनाको समिक्षा तथा योजना बैठक भएको हो ।
बारबर्दिया नगरपालिकामा थारु महिला उत्थान केन्द्रले बिगत बर्ष देखि बालबालिका सपना परियोजना वडा नम्बर १ देखि ५ नम्बर वडामा संचालन हुदै आएको छ । अभिभावकहरूकोे आफ्ना बालबालिकाहरूकोे समग्र विकासलाई समर्थन गर्न आवश्यक ज्ञान र सीपमा सुधार गर्न, अभिभावक तथा हेरचाहकर्ताले वालवालिकाको विकासका क्रममा लैंगिक मान्यताले सिमित हुन नदिई स्वतन्त्र रुपमा हुर्कनका लागि उचित पालनपोषण तथा हेरचाह प्रदान गर्न ब्यवहार परिर्वतानसहयोग पुर्याउन र स्थानीय तथा प्रदेश सरकारलाई प्रारम्भिक बालबिकासका लागि आवश्यक नीति, रणनीति, तथा कार्यबिधि निर्माणमा सहयोग पुर्याउने उदेश्य रहेको छ ।
अभिभावक शिक्षा कार्यक्रम अन्तर्गत नब बिवाहित, गर्भवती महिला, बालबालिका भएको घर परिवार र प्रारम्भिक बाल्यअवस्थाका बालबालिकाको अभिभावकहरु संग छलफल तथा अन्तरक्रिया गरिएको छ । सामुहिक संबाद कार्यक्रम अन्तर्गत समाजसेवि तथा बुद्धिजीबि, बरघर, जन प्रतिनीधि, महिला स्वास्थ्य स्वयमसेविका र युवा तथा युवतीहरु संग छलफल गर्ने कार्यक्रमहरु भईरहेको छ । घर केन्द्रित, सामुदायिक केन्द्रित र नीति र योजना केन्द्रित कार्यक्रम कार्यक्रम संचालन भईरहेको र अब केही नयाँ कार्यक्रमहरु पनि गर्ने तयारीमा रहेको थारु महिला उत्पान केन्द्रका नरेश चौधरीले जानकारी गराउनु भएको छ ।
गेरुवा ग्रामिन जागरण संघद्धारा संचालित खानेपानी, सरसफाई तथा स्वच्छता र उत्थानशिल परियोजना अन्तरगत बारबर्दिया नगरपालिकाको १ देखि ५ नम्बर वडामा संचालित रहेको छ । विपद् जोखिम न्युनिकरणका साथै सरसफाई तथा स्वच्छतामा समुदायस्तर र विद्यालयस्तरमा चेतनाको स्तरमा बृद्धि गर्ने, ब्यबहारमा सकारात्मक परिर्वतन गर्ने, विद्यालय सरसफाई र स्वच्छताका सुविधाको समुचित प्रयोग, मर्मत सम्भार तथा स्तरोन्नती गर्ने उदेश्यका साथ परियोजना संचालनमा रहेको छ । परियोजना कार्यक्रमको अवधि जुलाई २०२२ देखि शुरु भई जुन २०२३ सम्म संचालन हुने छ । गेरुवा ग्रामिन जागरण संघकी सुमित्रा पौडेलले हाल सम्म गरेका उपलब्धी तथा आगामी बर्षका कार्यक्रमहरु बारेमा जानकारी गराउनु भएको छ ।
प्लान ईन्टरनेशनल नेपालका कार्यक्रम बिशेषज्ञ कमला राईले हाल प्लान ईन्टरनेशनलले बालबालिका, युवा तथा महिलाहरुको क्षेत्रलाई प्राथमिकतामा राखेर विश्वका ७२ देशमा काम गरिहेकोे प्रस्तुती गर्नु भएको थियो । प्लान इन्टरनेशनलका प्राविधिक सल्लाहकार र अनुगमन तथा मुल्याँकन अधिकृत हसरत अलीले बारबर्दिया नगरपालिकामा सरसफाई सम्बन्धी गरिएको नमुना सर्वेक्षण रिपोट प्रस्तुत गर्नु भएको थियो । बारबर्दिया नगरपालिकालाई सरसफाई उन्मुख बनाउनका लागि आधार स्तम्भको रुपमा रहेको बारबर्दियामा करिब १६ हजार घरधुरी मध्य करिब ३ हजार घरधुरीमा नमुनाको रुपमा लिइएको सर्वेक्षणमा सरसफाईका कामहरु धेरै गर्नु पर्ने आवश्यकता रहेको पाईएको छ । जस अन्तरगत प्लान ईन्टरनेशनलनको आर्थिक सहयोगमा गेरुवा ग्रामिन जागरण संघले बारबर्दियाको वडा नम्बर १ देखि ५ नम्बर वडा सम्म कार्यक्रमहरु गर्दै आएको छ ।
कार्यक्रममा बारबर्दिया नगरपालिकाका नगरप्रमुख छबिलाल थारु र नगरउपप्रमुख रत्ना पान्डेले गैरसरकारी संस्थाहरुले आफ्नो कार्यक्रम प्रस्तुत गर्नु पर्ने र सुचिकृत पनि हुन आग्रह गर्नु भएको छ । गैरसरकारी र सरकारी संस्था मिलेर नै पालिकाको विकासका लागि अगाडी बढ्नु पर्ने बताउनु भएको छ । हाल बारबर्दियाको दुई वटा गाँउ तर्कापुर र फत्तेपुरलाई मात्र पुर्णसरसफाई उन्मुख तोलको रुपमा घोषणा गरिएको छ । त्यो गाँउको बस्तुस्थिति हेर्दै अन्य तोल तथा गाँउहरुलाई सरसफाई उन्मुख बनाउनु पर्ने बताउनु भएको छ ।
कार्यक्रममा स्वागत मन्तब्य बारबर्दिया नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख डिल्लीराज शर्माले गर्नु भएको थियो । कार्यक्रमको उदेश्यको बारेमा थारु महिला उत्पान केन्द्रकी कार्यकारी निर्देशक प्रिज्मासिंह थारुले जानकारी गराउनु भएको थियो । कार्यक्रम बारबर्दिया नगरपालिका वडा अध्यक्षहरु, बिषयगत शाखाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।