Logo

बारबर्दियामा नागरिक समाज संजाल गठन

Rato Pen २३ श्रावण २०७९, सोमबार २२:४२ मा प्रकाशित

बर्दिया
बर्दिया जिल्लाको बारबर्दिया नगरपालिकामा नागरिक समाज बारबर्दिया गठन गरिएको छ । पालिका स्तरमा नागरिकहरुको भूमिकालाई झल्काउनका लागि रामशरण थारुको संयोजकत्वमा नागरिक समाज बारबर्दिया गठन गरिएको हो ।
बि ग्रुप बाँके र प्लान इन्टरनेशनल नेपालको सक्रियता तथा बारबर्दिया नगरपालिकाको समन्वयमा बारबर्दियामा रहेका सामाजिक संस्था तथा सामाजिक सेवामा लागेका ब्यक्तिहरुको सहभागितामा नागरिक समाज बारबर्दिया गठन गरिएको छ । समुदायमा रहेका बिभिन्न किसिमका बिकृति बिसंगतीलाई न्युनिकरण गर्न तथा स्थानीय सरकारलाई सल्लाह सुझाबका साथै सचेत गराउने उदेश्यले नागरिक समाज गठन गरिएको छ ।
बारबर्दिया नगरपालिकामा बाल विवाह न्युनिकरण परियोजना अन्तरगत नागरिक समाजको गठन तथा क्षमता अभिबृद्धि सम्बन्धी कार्यशाला गोष्ठीको समापन कार्यक्रममा बारबर्दिया नगरपालिकाका नगरप्रमुख छबिलाल थारुले नागरिकहरुलाई सचेत गराउने र नागरिकको भुमिका प्रतिको बोध गराउने कार्यक्रम सकारात्मक भएको बताउनु भएको छ । पालिका स्तरमा पालिकालाई सल्लाह सुझाव दिने र सचेत गराउनु नागरिक समुह रहेकोले यो समाज बलियो र क्रियाशिल हुनु पर्ने कुरामा जोड दिनु भएको छ । साथै आयोजक संस्थालाई स्थानीय सरकारको समन्वय र सहकार्यमा कार्यक्रमलाई निरन्तर्ता दिनु पर्ने बताउनु भएको छ । कार्यक्रममा बारबर्दिया नगरपालिकाका नगर उपप्रमुख रत्ना कुमारी पान्डेले नागरिक समाज संजालको सकारात्मक तथा रचनात्मक सल्लाह सुझाबको अपेक्षा गर्नु भएको छ । जनप्रतिनिधिहरुको नजर नपुगेको वा गर्न सामाजिक अभियानमा सहयोग पुर्याउनेमा आशाबादी रहेको बताउनु भएको छ । बारबर्दिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाहीले नागरिकहरुको सक्रियाताका बिभिन्न देश तथा स्थानमा सकारात्मक परिवर्तन आएको उदाहरण दिर्दै नगरिक समाजको भूमिकाको चर्चा गर्नु भएको थियो । सरकार तथा राज्यलाई सहिदिशा तर्फ दोर्याउने सशक्त माध्यम नागरिक समाज संजालले गर्ने गरेको बताउनु भएको छ ।
दुई दिन सम्म संचालन भएको कार्यशालामा नागरिक समाज संजालको भुमिका तथा पार्न सक्ने प्रभावको बिषयमा छलफल गरिएको छ । कार्यशालामा प्रशिक्षण प्रकाश उपाध्यायले गर्नु भएको थियो । तालिममा सामाजिक क्षेत्रमा काम गरेरका ब्यक्ति, ब्यापारी, संचारकर्मी, सहकारीकर्मी, बिभिन्न संघ संस्थामा आबद्ध रहेका प्रतिनिधि र युवा, बालबालिकाहरुको सहभागिता रहेको बि ग्रुप बाँकेका सुपरभाईजर राकेश कँडेलले जानकारी गराउनु भएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
लोकप्रिय छुटाउनुभयो कि ?