
बर्दिया, भाद्र १ गते
बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका ३ बेलुवाबज्यामा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयलाई शौचालय सहितको ६ कोठे दुइ तले भवन उद्घाटन गरि हस्तान्तरण गरिएको छ । प्लान इन्टरनेशनल नेपाल तथा सामाजिक सचेतन सरोकार मञ्च (स्याक) नेपाल र बारबर्दिया नगरपालीकाको समन्वयमा निर्माण गरिएको भवनलाई हस्तान्तरण गरिएको हो ।
नवनिर्मित भवन अपागंता, महिला, बालबालिका तथा जेष्ठ नागरिक मैत्री रहेको छ । प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बिगत ३ बर्षदेखि परियोजना मार्फत काम गरिरहेको छ । यस खालका बर्दिया जिल्लाका ३ वटा बिधालयमा भौतिक पुर्वाधार निर्माण गरेको स्याक नेपाल बाँकेका अध्यक्ष शिवलाल पाण्डेले स्याक बताउनु भएको छ । यस विद्यालयमा सिस्टर परियोजना मार्फत करिब १ करोड २० लाख २६ हजार ३ सय ५० रुपैयाँ र ९ लाख रुपैयाँ बारबर्दिया नगरपालीकाको लागत गरि कुल १ करोड २९ लाख २६ हजार ३ सय रुपैयाँ बराबरको परियोजना संचालन भएको थियो । आगामी दिनमा यसको संरक्षण तथा ब्यबस्थापन विद्यालय तथा नगरपालिकाले गर्ने गरि विद्यालयका प्रधानाध्यापक मुकुन्दप्रसाद पौडेल र विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष सुकै थारुलाई भवन हस्तान्तरण पत्र प्रदान गरिएको छ । कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले प्लान इन्टरनेशनल नेपालले बिभिन्न समयमा बिभिन्न खालका जनलक्षित कार्यक्रम संचालन गदै आइरहेको बताउनु भएको छ । बर्दिया जिल्लाको दुरदराजमा भुकम्प तथा बालमैत्री अपागंता मैत्री संरचना निर्माण कार्य गरेकोमा प्लान इन्टरनेशनल नेपाल तथा स्याक नेपाल बाँकेलाई धन्यबाद ज्ञापन गर्नु भएको छ । आगामी दिनमा यस प्रकारका काम नियमित हुने अपेक्षा पनि मन्त्री रेग्मीले गर्नु भएको छ ।
प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद तिमल्सेनाले बर्दिया जिल्लामा प्लान र स्याक नेपालले सामाजिकक्षेत्रको काममा अग्रणीय भुमिका खेलेको र भोलिका दिनमा नवनिर्मित संरचनाहरुलाइ मर्मत सम्भार तथा यसको रेखदेर तथा बालबालिकाको सिकाइमा प्रत्यक्ष प्रभाव पर्ने अपेक्षा सहित सुभकामना दिनु भएको छ ।
प्लान इन्टरनेशनल नेपाल क्षेत्रीय कार्यालयकी प्रबन्धक मिना पराजुलीले प्लान इन्टरनेशनल नेपाल बाँकेले स्याक नेपालसंगको साझेदारीमा परियोजना मार्फत भौतिक पुर्वाधार निर्माण भएको तर भौतिक पुर्वाधरले मात्र नहुने बताउनु भएको छ । यसका लागि आगामी दिनमा बालमैत्री कक्षा संचालन, बाललबालिकाको सिकाइ उपलब्धि दर बढेको, बालबालिकाहरु बिद्यालयमा भयरहित वातावरणमा विद्यालयमा नियमित आउने कुरामा प्लान इन्टरनेशनल नेपालले अपेक्षा गरेको बताउनु भयो ।
कार्यक्रममा बिद्यालय परिवारले बारबर्दिया नगरपालीका, प्लान इन्टरनेशनल नेपाल, सामाजिक सचेतन सारेकार मञ्च,स्याक नेपाल बाकेलाईप्रशंशा पत्र र यस परियोजनालाई समयमा सम्पन्न गर्न अहोरात्र खटिने कर्मचारि एवम परियोजना प्रमख क्रमश लक्ष्मी प्रसाद शर्मा,रामबहादुर रावल, फोकल प्रसन कैलाश मान श्रेष्ठ र प्लान इन्टरनेशनल नेपालका इन्जिनियर राजु खत्रीलाई सम्मान पत्र प्रदान गरिएको छ ।
संघीय मन्त्री उमा रेग्मी, बर्दियाका प्रमुख जिल्ला अधिकारी,प्लान इन्टरनेशनल नेपाल केन्द्रिय कार्यालयका निर्देशक प्रशेन खाती, सरकार सम्बन्ध प्रबन्धक मदनराज जोशी, क्षेत्रीय निर्देशक मिना पराजुली, जिल्ला प्रहरी, शसस्त्र प्रहरी प्रमुख, बारबर्दिया नगरपालिका प्रमुख छबिलाल थारु, प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाही स्याक नेपालका अध्यक्ष, कर्मचारीहरु, शिक्षा समन्वय इकाइका शाखा अधिकृत महेश देवकोटा,बारबर्दिया नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा, शिक्षक अभिभावक संघ, इलाका प्रहरी कार्यालय, बिद्यालय परिवार, स्थानीय तहका बुद्धिजिबीहरुको सहभागिता रहेको थियो ।
बिधालय ब्यबस्थापन समितिका अध्यक्ष सुकै थारुको अध्यक्षतामा भएको कार्यक्रममा बिधालयका प्रध्यानाध्यापक मुकुन्द प्रसाद पौडेलले स्वागत गर्नु भएको थियो । कार्यक्रममा विद्यार्थी बालबालीकाहरुले स्थानीय झाँकी, नृत्य, एवम गाईजात्रा समेत प्रस्तुत गर्नु भएको थियो ।