
बर्दिया, भाद्र ९ गते
बारबर्दिया नगरपालिकाका नगरप्रमुख छबिलाल थारुले बालविवाह न्युनिकरणका लागि आफैबाट नै सामाजिक अभियान चलाउनु पर्ने बताउनु भएको छ । पालिका तहका सरोकारवालाहरुलाई बाल संरक्षण, वालविवाह न्युनिकरण तथा लैगिंक रुपान्तरण सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उक्त कुरा बताउनु भएको हो ।
वालविवाह न्युनिकरणका लागि बाल अधिकार समितिले र सरोरकारवाला निकायहरुले अठोटका साथ प्रतिबद्ध भएर लग्नु पर्ने बताउनु भएको छ । बाल विवाह न्युनिकरणको बिषयमा सबैको आआफ्नो बुझाई भएपनि साझाबुझाई बनाएर अभियान चलाउन आवश्यक रहेको बताउनु भएको छ । बारबर्दिया नगरपालिका बाल विवाह न्युनिकरणको लागि विविध कार्यक्रम गर्नका लागि संघसंस्थाहरु संग समन्वय गर्न हरदम तयार रहेको बताउनु भएको छ ।
बारबर्दिया नगरपालिकाका नगरउपप्रमुख रत्नकुमारी पान्डेले बालविवाह न्युनिकरण मात्र हैन निर्मूल पार्ने गरि अभियान चलाउनु पर्ने बताउनु भएको छ । आफु बाल अधिकार समितिको अध्यक्षको हैसियतले आफुले पालिकाबाट हुन सक्ने र संघसंस्थाको समन्वयमा निरन्तर कार्यक्रम गर्न तयार रहेको बताउनु भएको छ । बारबर्दियामा असहाय बालवालिकाहरु रहेका छन् उनिहरुको संरक्षणको आवश्यकता रहेको बताउनु भएको छ ।
बारबर्दिया नगरपालिका माहिला बालबालिका शाखा प्रमुख उसा पुनले बाल अधिकार समितिले सामान्य रुपमा काम गर्दै आएको बताउनु भएको छ । यस अघि निर्माण गरेको बाल उद्धार कोष र बाल संरक्षण कोषमा प्राविधिक समस्या भएकोले छलफलको आवश्यक रहेको बताउनु भएको छ ।
कार्यक्रमको सहजिकरण गर्दै स्थानीय शासन विज्ञ तथा सामाजिक अभियन्ता प्रकाश उपाध्यायले स्थानीय तह स्वायत्त निकाय भएकोले नीति बनाएर कार्य सम्पादन गर्न सक्ने बताउनु भएको छ । स्थानीय तहले आफुले तथ्याँक लिएर रननीतिक योजना बनाएर समेत सहयोगी निकायहरुसंग समन्वय गरेर काम गर्न सक्ने बताउनु भएको छ । उहाँले बाल अधिकार समितिको काम र कर्तब्यको बारेमा जानकारी गराउनु भएको थियो ।
उक्त अन्तरक्रिया कार्यक्रम प्लान इन्टरनेशनल नेपाल र बि ग्रुब बाँकेको साझेदरीमा संचालित बालविवाह न्युनिकरण परियोजना अन्तरगत बारबर्दिया नगरपालिकाको समन्वयमा भएको हो । कार्यक्रमा बाल अधिकार समितिका पदाधिकारी, सदस्य तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो ।