Logo

जुनेली बचत तथा कृषक समुहद्धारा सार्वजनिक सुनुवाई

Rato Pen ४ आश्विन २०७९, मंगलवार २२:५८ मा प्रकाशित

बर्दिया, असोज ४ गते
जुनेली बचत तथा कृषक समुह बारबर्दिया नगरपालिका ३ झुण्डीपुर बर्दियाले स्वच्छ दुध उत्पादनका लागि उन्नत जातको भैसीपालन कार्यक्रमको दोस्रो तथा आन्तरिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना बिकेन्द्रिकृत आयोजना सहयोग इकाई बुटवलको समाझेदारीमा उक्त समुहले संचालन गरेको कार्यक्रमको दोस्रो तथा अन्तिम सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो ।


सार्वजनिक सुनुवाई कार्यक्रमका प्रमुख अतिथि तथा बारबर्दिया नगरपालिकाका नगरप्रमुख छबिलाल थारुले झुण्डीपुरका कृषकहरुले दुध उत्पादन क्षेत्रमा उदाहरणीय काम गरेर समबृद्ध नगरको बाटो तर्फ दोर्उने शुभकामना दिनु भएको छ । बारबर्दिया नगरपालिकाको विकास ब्यबसायबाट मात्र सम्भब रहेकोले अन्य गाँउकाले पनि झुण्डीपुर जस्तै काम गर्दै ब्यबसाय तर्फ आर्कषित हुनु पर्ने बताउनु भएको छ । कृषकहरुलाई वडा तथा पालिकाबाट हुन सक्ने सहयोग गर्न सदैव तयार रहेको बताउनु भएको छ । कार्यक्रममा बारबर्दिया वडा नम्बर ३ का वडाअध्यक्ष नन्दलाल थारुले ब्यबसायको निरन्तरता र समुहको सफलताको सुभकामना दिनु भएको छ ।


पशुसेवा शाखाका प्रमुख तथा पशु चिकित्सक सुमन दत्तले भैसीपालन गर्दा खर्च घटाएर बढि मुनाफा लिन सक्ने बताउनु भएको छ । भैसीलाई दाना नखुवाई पोसिलो घाँस खुवाएर भएपनि दुध उत्पादनमा बृद्धि गर्न सकिने बताउनु भएको छ । पशुसेवा शाखाले ब्यबसायिक पशुपालन गर्ने कृषकलाई बिशेष रुपमा घाँसको बिय तथा परामर्श दिने गरेको बताउनु भएको छ । पशुसेवा शाखा कृषकहरुलाई सेवा दिनका लागि कुनैपनि कुञ्जुस्याई नगर्ने बताउनु भएको छ ।


उक्त समुहका २९ जना कृषक मध्य २५ जना कृषकहरुले सुधारिएको गोठ, प्रत्येकले २ देखि ४ वटा सम्म माउभैँसी गरि जम्मा ६२ वटा भैँसी पालन गरिराख्नु भएको छ । ५० प्रतिशत अनुदान र कृषकहरुको ५० प्रतिशत आन्तरिक लगानीमा जम्मा १ करोड १ लाख ५६ हजार ५ सय ७२ रुपैयाँ बराबरको कार्यक्रम गर्नु भएको छ ।
उक्त कार्यक्रम संचालन भएदेखि कृषकहरुले दैनिक रुपमा १ सय ५० लिटर दुध उत्पादन गरिराख्नु भएको छ । उनिहरुले २५ जना कृषक मध्य माषिक रुपमा दुध बिक्री गरेर ८ हजार देखि ३७ हजार सम्म रुपैयाँ बुझ्ने गर्नु भएको छ । कृषक समुह अन्तरगत आफै दहि र पनिर उत्पादन गरेर बिक्री गर्ने पनि गरिरहनु भएको छ ।


उक्त समुहलाई थारु महिला उत्थान केन्द्रले आधार परियोजना अन्र्तरगत दुध बजारीकरणका लागि प्राविधिक सहयोग गरेको छ । सहयोग समाग्री अन्तरगत एक थान डि फ्रिज, एक थान मिल्कएनेलाईजर मेसिन, १३ थान मिल्क क्यान, एक थान स्टिल दराज, एक थान डिजिटल तराजु, १० थान प्लास्टिक कुर्सी, र एक सेट ईनभटर रहेको छ । बारबर्दिया नगरपालिकाले पनि उक्त समुहलाई प्रथामिताका राखेर काम गरिहेको छ ।


कार्यक्रममा सेवाग्राही कृषकहरु, स्थानीय सहकारी संस्था तथा कृषि समन्वय समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा समुहले गर्ने क्रियाकलापको बारेमा जानकारी समुहका ब्यबस्थापक स्याना थारुले गराउनु भएको थियो । खर्च विवरण समुहकी सचिव हरिकला पान्डेले गर्नु भएको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
लोकप्रिय छुटाउनुभयो कि ?