
बर्दिया, असोज ७ गते
बर्दियाको बारबर्दियामा सुबिधा सम्पन्न पोलिक्लिनिक सञ्चालनमा आएको छ । जिल्लाकै ठुलो जनघनत्व रहेको बारबर्दिया नगरपालिकामा सदाशिब जनसेबा पोलीक्लिनिक प्रा.ली. संचालनमा आएको हो ।
नगरबासीहरुलाई गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यका साथ सञ्चालनमा ल्याउन लागिएको छ । यस क्षेत्रका नागरिकलाई सानो उपचारका लागि समेत अर्को जिल्ला र भारत धाउनुपर्ने बाध्यतालाई मध्यनजर गर्दै पोलिक्लिनिक संचालनमा ल्याईएको छ ।
यस पोलिक्लिनिक संचालन भएपछि उपचारका लागि बाहिरी जिल्ला र भारत धाउनु नपर्ने सञ्चालक डा रोमा बोराले बताउनु भयो । उहाँका अनुसार यस नगरबाट सानो–सानो उपचारका लागि पनि नेपालगंज र भारत धाउनुपर्ने बाध्यता आफुले नजिक बाट नियाली रहेको बताउनु भएको छ । आम नगरबासीको बाध्यतालाई मध्यनजर गर्दै उहाँहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा दिनका लागि यो पोलिक्लिनिक सञ्चालनमा ल्याईएको डा बोराले भनाई रहेको छ ।
पोलिक्लिनिकले एक्सरे, युएसजि, भिडियोएक्सरे, ईसिजी, दन्त सेबा प्रयोगशाला, अक्सिजन, जनरल सर्जन सेवा, नेवुलाईजर सेवा ओपिडी र फारमेसी सेवा लागयत सबै खाले सेवा दिने प्रा.लि. पोलिक्लिनिकले जनाएको छ ।
सदाशिब जनसेबा पोलिक्लिनिक असोज १०गते घटस्थापना देखि विशेषज्ञ डाक्टरको सेवा सहित सुरु गरिने संचालकले बताउनु भएको छ । यस क्षेत्रका जनतालाई लक्षित गरि सञ्चालनमा ल्याइएको पोलिक्लिनिकले स्थानीय नागरिकहरुलाई स्वास्थ्य सेवा लिनका लागि धेरै सहजता हुने स्थानीय सुरेन्द्र बोहराले बताउनु भयो ।