Logo

पालिका कर्मचारी फुटबल प्रतियोगिताको बिजेता बारबर्दिया

Rato Pen १० आश्विन २०७९, सोमबार २१:४६ मा प्रकाशित

बर्दिया, असोज १० गते
बर्दिया जिल्लाको प्रथम पालिका स्तरीय कर्मचारी फुटबल प्रतियोगितामा बारबर्दिया नगरपालिका बिजेता बन्न सफल भएको छ । बढैयाताल गाँउपालिकालाई उपबिजेतामा चित्त बुझाउन परेको छ । सोमबार बारबर्दिया नगरपालिकाको जमुनियामा भएको फाईनल खेलमा बारबर्दिया नगरपालिकाले बढैयाताल गाँउपालिकालाई ०–३ गोलको अन्तरले बिजेता बन्न सफल भएको हो । बारबर्दिया खेलकुद विकास समितिको आयोजनामा र एन्टिभाईरस युवा समाज जमुनियाको ब्यबस्थापनका पालिका स्तरीय कर्मचारीहरुको फुटबल खेल प्रतियोगिता भएको थियो ।
बर्दिया जिल्लाका ८ वटा स्थानीय तहका कर्मचारीहरुको फुटबल खेलमा आज सेमीफाईनल र फाईनल खेल भएको हो । सेमीफाईनलको पहिलो खेलमा ठाकुरबाबा नगरपालिका र बढैयाताल गाँउपालिका बिच भएकोमा १–३ गोलको अन्तरमा बढैयाताल बिजय भएको थियो । सेमीफाईनलको दोस्रो खेलमा बारबर्दिया र मधुवन नगरपालिका बिच भएको खेलामा १–२ गोलको अन्तरमा बारबर्दिया नगरपालिका बिजय भएको थियो ।
यसैगरी सनिबार भएको पहिलो चरणको खेलमा ठाकुरबाबा नगरपालिका र गुलरिया नगरपालिका बिच भएको खेलमा १–४ गोलको अन्तरले ठाकुरबाबा बिजय भएको थियो । दोस्रो खेलमा गेरुवा गाँउपालिका र मधुवन नगरपालिका बिच भएको खेलमा १–२ गोलले मधुवान नगरपालिका बिजय भएको थियो । तेस्रो खेलमा बारबर्दिया नगरपालिका र राजापुर नगरपालिका बिच चएको खेल ०–२ गोलको अन्तरले बारबर्दिया नगरपालिका बिजय भएको थियो । बाँसगढी नगरपालिका र बढैयाताल गाँउपालिका बिच हुनु पर्ने खेलमा बाँसगढी अनुपस्थित भएपछि स्वतः बढैयाताल गाँउपालिकालाई बिजेता घोषणा गरिएको थियो ।

 


लोकप्रिय समाचार
ताजा समाचार
लोकप्रिय छुटाउनुभयो कि ?