
बर्दिया, कार्तिक ३ गते
जलवायु परिवर्तन र रेडप्लस अवधारणा सम्बन्धी सरोकारवाला तथा संचारकर्मीसंग समन्वय बैठक तथा अन्तरक्रियात्मक छलफल कार्यक्रम भएको छ । रेड कार्यान्वयन केन्द्र काठमाण्डौको सहयोगमा डिभिजन वन कार्यालय बर्दियाको आयोजनामा बर्दियाको गुलरियामा उक्त कार्यक्रम भएको हो ।
जलवायु परिवर्तन र रेड अवधारणाको बारेमा डिभिजन वन कार्यालयका प्रमुख प्रविन विडारीले जानकारी गर्नु भएको छ । रेडप्लसको अवधारणामा वनबाट हुने कार्वन उत्र्सजन घटाउन वन विनास कम गर्ने र वन क्षयीकरण कम गर्ने तथा प्लस गर्नका लागि वनमा थप कार्वन सञ्चिति अभिबृद्धि गर्न बन संरक्षण गर्ने, वनको दिगो ब्यबस्थापन गर्ने, वनमा कार्वनको संञ्चिति बढाउने रहेको छ । बन संरक्षण गर्ने देश कार्वन बिक्रेता र उत्सर्जन बढि गर्ने देश क्रेता हुन्छ । नेपालले कार्वन उत्सर्जन न्युनिकरण भूक्तानी सम्भौता गरेको छ तर अझ सम्म भुक्तानी लिन सकेको छैन । सम्भौतामा सन् २०२५ सम्ममा लिसक्नु पर्ने सम्झौतामा उल्लेख गरिएको छ । जसमा लागि नेपालले बिभिन्न प्रक्रियाहरु पुरा गर्दै ९० लाख टन कार्वन उत्सन न्युनिकरण गर्नु पर्ने रहेको छ ।
बिकसित देशहरुले रेड उत्सर्जन गरेका कारण नेपाल जलबायु परिवर्तनको परिमाण भोग्नु परिरहेको छ । यसबाट बच्चन वा रेड उत्र्सजन घटाउने एक मात्र सस्तो विकल्प वन संरक्षण लगाएतको बिषयमा तथा रेड अवधारणा प्रस्तुत गरिएको बिषयमा संचारकर्मीहरुले जिज्ञासा राख्नु भएको थियो । जिज्ञासाको बिषयमा प्रमुख विडारीले प्रस्ट पार्नु भएको थियो । कार्यक्रमको बारेमा जानकारी डिभिजन वन कार्यालयका दोर्णराज आर्चायले गर्नु भएको थियो । कार्यक्रममा बर्दियाबाट संचारमाध्यममा काम गर्ने संचारकर्मीहरुको सहभागिता रहेको थियो ।