
बारबर्दिया
लैगिंक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तरगत बारबर्दिया नगरपालिकाको वडा नम्बर २ मा र्याली तथा अन्तरक्रिया कार्यक्रम गरि मनाईएको छ । बारबर्दिया नगरपालिका महिला तथा बालबालिका शाखा र वडा नम्बर २ को आयोजनामा उक्त कार्यक्रम गरिएको हो ।
उक्त कार्यक्रम संचालनको लागि सहयोगीको रुपमा थारु महिला उत्थान केन्द्र अन्तरगत आधार परियोजना र बालबालिकाको सपना परियोजना रहेको थियो । लिंगको आधारमा हुने बिभिन्न शारीरिक, मानसिक, यौन जन्य हिंसाहरुको अन्त्य गर्ने, सचेतना अभिबृद्धि गर्ने, सभ्य समाजको निर्माण गर्ने लगाएतको उदेश्यले कार्यक्रमको आयोजना गरिएको थियो ।
‘सभ्य समाजको पहिचान, लैगिंक हिंसा बिरुद्धको आभियान’ भन्ने नाराका साथ भएको कार्यक्रमको प्रमुख अतिथि बारबर्दिया नगरपालिकाको नगरउपप्रमुख रत्नाकुमारी पान्डे रहनु भएको थियो । वडा नम्बर २ का वडाअध्यक्ष रामफेरन थारुको अध्यक्षतामा भएको कार्यक्रममा अतिथिको रुपमा कार्यपालिका सदस्य श्यामकुमारी चौधरी, खिमा परियार, आधारभूत स्वास्थ्य चौकीका प्रमुख रामेश्वर थारु, बरघर तथा समाजसेबी, लगाएत करिब १ सय ५० जनाको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन महिला तथा बालबालिका शाखाका प्रमुख उसा पुनले गर्नु भएको थारु महिला उत्थान केन्द्रका सुपरभाईजर राधेश्याम चौधरीले जानकारी गराउनु भएकाे छ
।