Logo

बारबर्दियामा यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी मेला

Rato Pen २७ मंसिर २०७९, मंगलवार १६:१६ मा प्रकाशित

बर्दिया, मंशिर २७ गते
बारबर्दिया नगरपालिका २ मा रहेको युवाक माध्यमिक विद्यालयमा किशोर किशोरी यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी मेला गरिएको छ । किशोर किशोरी यौन तथा प्रजनन् स्वास्थ्य र अधिकार सुधार परियोजनाको समन्वय र सहकार्यमा विद्यालयले मेलाको आयोजना गरेको हो ।
प्लान ईन्टरनेशनल नेपाल, कोईका र गेरुवा ग्रामिन जागरण संघको साझेदारीमा संचालित उक्त परियोजनाद्धारा विद्यालयमा परिवार समुदाय र विद्यालयमा यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी खुलेर कुरा गर्नमा सहयोग पुर्याउने उदेश्यले मेला गरिएको छ ।


कार्यक्रमका प्रमुख अतिथि तथा बारबर्दिया नगरपालिकाका नगरप्रमुख छबिलाल थारुले विविधतामा एक र एकतामा विविधिता देखाउने उदेश्यले गरको कार्यक्रमले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्नु विश्वाश ब्यक्त गर्नु भएको छ । विद्यार्थीहरुले आफ्नो संस्कृति र परम्परा अनुसार पहिरन लगाएर आउन पाउदा विद्यार्थीहरुमा उर्जा पैदा भएको बताउनु भएको छ । कार्यक्रममा प्रस्तुत गरिएको नाटक, नाच, गीत तथा भनाईहरुबाट समुदायमा रहेका बिभेद, हिंसा तथा गलत अभ्यासहरुलाई निरुत्साहित गर्ने खालको रहेको बताउनु भएको छ । किशोरकिशारीहरुमा आउने प्राकृतिक परिवार्तन तथा प्रक्रियालाई सामान्यकरण र त्यसबाट सुरक्षित ब्यबस्थान गर्न हामी आफैबाट शुरुवात गर्नु पर्छ भन्ने कुराको सन्देश दिरहेको बताउनु भएको छ । युवक माबिले बारबर्दियामा उदाहरणीय कार्यको थालनी गरेकोले यस्तो कार्यमा अन्य बिद्यालयहरुले पनि सिको गर्नु पर्ने कुरामा जोड दिनु भएको थियो ।


यौन तथा प्रजनन् स्वास्थ्यको बारेमा सकारात्मक सन्देश प्रवाह गर्नका लागि कार्यक्रमको आयोजना गरिएको युवक माध्यमिक विद्यालयका प्रधानाध्यापक नरेशकुमार चौधरीले बताउनु भएको छ । विद्यालयका विद्यार्थीहरुले नै आफ्नो समुदायको कलासंस्कृति र पहिरनमा विद्यालय आएको पहिलो नै रहेको बताउनु भएको छ । यसले विद्यार्थीहरुलाई आफ्नो परम्परा र संस्कृति प्रतिको सम्मान र उत्सह ल्याएको बताउनु भएको छ । विद्यार्थीहरुले आफ्नो कलासंस्कृति र सचेतनामुलक नाटक प्रस्तुतिले प्रजनन् स्वास्थ्य अधिकार सम्बन्धी जानकारी पाउनुका साथै जानेका विद्यार्थीहरुले अरुलाई जानकारी गराउन पाएका छन् ।
मेलामा प्रजनन् स्वास्थ्य सम्बन्धी स्टल, विद्यार्थीहरुको हस्तनिर्मित परम्परागत बस्तु तथा विज्ञानका सामाग्रीहरु, यौन प्रजनन् अधिकार झल्कने खालका चित्रकला प्रतियोगिताहरु विद्यार्थीहरुले प्रस्तुत गर्नु भएको छ । समुदाय अनुसारको परम्परागत परिहनमा सजिएका विद्यार्थीहरुले नाच, गित, नाटक तथा आफ्नो कला प्रस्तुत गर्नु भएको छ । अतिथि तथा सहभागि, विद्यार्थीहरुले मेलाको स्टलमा राखिएको कला तथा विज्ञान र यौन स्वास्थ्य सम्बन्धी सामग्री तथा बस्तुको अवलोकन गर्नु भएको थियो ।
युवक माध्यमिक विद्यालयका बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष प्रदेशु थारुको अध्यक्षतामा भएका कार्यक्रमका प्रमुख अथिति बारबर्दिया नगरपालिकाका नगरप्रमुख छबिलाल थारु, कार्यपालिका सदस्य तथा वडा अध्यक्षहरु, छिमेकी विद्यालयका प्रधानाध्यापकहरु, अभिभावक, विद्यार्थी तथा छिमेकी विद्यालयका विद्यार्थीहरु लगाएको सहभागिता रहेको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
लोकप्रिय छुटाउनुभयो कि ?