Logo

लुम्बिनीमा काग्रेसबाट दलको नेतामा जन्मजय तिमिल्सिना र डिल्लीबहादुर चौधरी नाम चर्चामा

Rato Pen ९ पुष २०७९, शनिबार १०:५२ मा प्रकाशित

दाङ, पौष ९ गते
प्रदेश सरकार गठनका लागि छलफल भईरहदा लुम्बिनी प्रदेशमा संसदीय दलको नेता छनौटमा बर्दिया क्षेत्र नम्बर २ (क) बाट निर्वाचित जन्मजय तिमिल्सिना र दाङ ३ (क)बाट निर्वाचित डिल्लीबहादुर चौधरीको नाम चर्चामा रहेको छ । कांग्रेसमा दलको नेताका लागि डिल्लीबहादुर चौधरी, जन्मजय तिमिल्सिना, राजु खनाल, बीरबहादुर राना र अब्दुल रज्जाकले आकांक्षी भएर दौडधुपमा हुनुहुन्छ ।
जन्मजय तिमिल्सिना नेपाल तरुण दलका पूर्व कार्यवाहक अध्यक्षसमेत हुनुभएको थियो । उहाँ नेपाली कांग्रेसमा देशव्यापी नेटवर्क भएका, कुशल संगठनकर्ता र इमान्दार नेताको रुपमा चिनिनु हुन्छ । डिल्ली बहादुर चौधरी लुम्बिनी प्रदेशको पर्यटन, ग्रामिन तथा शहरी विकास मन्त्री पनि हो र चौधरी कमैया मुक्ति आन्दोलनका अगुवा हुनुहुन्छ । राजु खनाल पूर्वसांसद पनि हुन् । कांग्रेसका राना संस्थापन इतरसमूहका हुन भने बाँकी संस्थापन पक्ष नजिक मानिन्छ ।
तिल्सिना र खनाललाई कांग्रेस उपसभापति पूर्णबहादुर खडका र गृहमन्त्री बालकृष्ण खाँडको पनि साथ छ भने बीरबहादुर राना पनि पुराना कांग्रेस नेता हो । गठबन्धन दलहरुको नेतृत्वमा सरकार बन्ने भएकोले माओवादीबाट जोखबहादुर महरा दलको नेता बन्ने इच्छा देखाउनु भएको छ । महरा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका स्वकीय सचिवसमेत रहेर काम गरिसक्नु भएको छ ।
सरकार बनाउनका लागि मुख्यमन्त्री र मुख्यमन्त्रीका लागि संसदीय दलको नेता चयन हुनुपर्ने हुन्छ । तर, राजनीतिक दलले संसदीय दलको नेता छान्न कसरतमा हुनुहुन्छ । प्रदेश कानूनअनुसार निर्वाचन परिणाम प्राप्त भएको २० दिनभित्र पहिलो अधिवेशन बोलाउनुपर्ने हुन्छ । यो हिसाबले पुसको २० गतेभित्रै प्रदेशसभाको बैठक आह्वान हुनेछ । तर, कतैबाट पनि तयारी भने भएको छैन् ।
८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ सांसद आवश्यक पर्ने भएपनि एमालेसँग २९ सांसद मात्र रहेका छन् भने नेपाली कांग्रेससँग २७ सांसद रहेका छन् । माओवादीसँग ९ र अन्य ७ दलसँग बाँकी सांसद रहेका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
लोकप्रिय छुटाउनुभयो कि ?