Logo

माघीको अवसरमा बाल विवाह न्युनिकरणका लागि साँस्कृतिक कार्यक्रम

Rato Pen २९ पुष २०७९, शुक्रबार २०:०० मा प्रकाशित

जनक चौधरी
बाल विवाह न्युनिकरणका लागि बारबर्दिया नगरपालिकाको वडा नम्बर १० मा साँस्कृतिक तथा माघीमिलान कार्यक्रम गरिएको छ । साँस्कृतिक कार्यक्रमबाट बाल विवाह न्युुनिकरण गर्ने उदेश्यले बारबर्दिया नगरपालिका वडा नं १० को आयोजना तथा प्लान इन्टरनेशनल नेपाल र बाँके युनेस्को क्लब नेपालगंज बि ग्रुप नेपालगन्जको सहयोग र सहकार्यका कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा वडा नम्बर १० का प्रत्येक गाँउका संस्कृतिक टोलीले परम्परागत साँस्कृतिक नाचगाँन मार्फत बालविवाह न्युनिकरणका सन्देश तथा त्यसले पर्ने असरको बारेमा आफ्नो कलाप्रस्तुुत गर्नु भएको थियो । वडा भित्र रहेका महिला समुह, युवा क्लब किशोरी कल्ब , तथा सांस्कृतिक समुह र बर्दियाका थारु कलाकार तथा समुदायहरुले आफ्नो प्रस्तुती मार्फत राख्नु भएको थियो ।


बाल संरक्षण कार्यक्रम अन्तरगत ‘थारू समुदाय हरुको महान पर्व माघीको अवसरपारेर कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा बारबर्दिया नगरपालिकाका नगरप्रमुख छबिलाल थारूले साँस्कृतिक कार्यक्रमले बालविवाह न्युुनिकरणमा ठूलो सहयोग पुर्याने विश्वाश ब्यक्त गर्नु भएको छ । हाम्रो समजमा वालविवाहको प्रतिकुल प्रभाव र लैङ्गिक हिंसाको पहिचन र कसरी भईरहेको छ भन्ने कुराका बारेमा जानकारी नपाएर यी घटनाहरु घटिरहेको बताउनुु भएको छ । बिभिन्न माध्यबाट समुदायलाई बालविवाह र माघी मिलान बारेमा जानकारी गराए चाडै नै बालपैत्री पालिका र हिंसा रहित समुदाय बनाउन सकिने कुरामा जोड दिनु भएको थियो । सोही अवसरमा बालविवाह न्युनिकरण सहयोग गर्ने वडा नं १० का विभिन्न टोलका गरी ६४ जना बरघरहरुलाई सम्मान गरिएको थियो।


बारबर्दिया नगरपालिका वडा नम्बर १० का वडाअध्यक्ष रण बहादुर चौधरीको सभापतित्वमा भएको कार्यक्रममा सबै वडा अध्यक्ष सदस्यहरु, टोल बर्घर बाँके युनेस्को क्लब नेपालगांजका कर्मचारी जनक चौधरी, स्थानीय बुुद्धिजीवि, शिक्षक बरघर, संचारकर्मी, स्थानीय तथा अतिथि कलाकारहरु, स्थानीय दर्शकहरु गरि हजारौको सहभागिता रहेको थियो । उक्त कार्यक्रम संचालन सुदिन चौधरी ले गर्नु भयको थियो।


लोकप्रिय समाचार
ताजा समाचार
लोकप्रिय छुटाउनुभयो कि ?