Logo

विद्यालय क्षेत्रबाट नै राष्ट्रिय खेलाडी उत्पादन हुन्छ ः प्रदेश सांसद तिमिल्सिना

Rato Pen ६ माघ २०७९, शुक्रबार १९:०९ मा प्रकाशित


माघ ६ गते

बारबर्दिया नगरपालिकामा नगरस्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड तथा दोस्रो मेयरकप फुटबल प्रतियोगिता २०७९ आज देखि बारबर्दिया १ मा रहेको सरस्वती मध्यमिक विद्यालयमा शुरु भएको छ । रनिङ शिल्ड तथा फुटबल प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य जन्मजय तिमिल्सिनाले गर्नु भएको हो ।


बारबर्दिया नगरपालिकामा रहेका १४ सामुदायिक र २ संस्थागत विद्यालय गरि १६ दिन विद्यालयका विद्यार्थीहरु प्रतियोगितामा भाग लिराख्नु भएको छ । बारबर्दिया नगरपालिकाको आयोजजना तथा सरस्वती माध्यमिक विद्यालय जमुनियाको संयोजनमा हुने प्रतियोगिता ६ दिन सम्म संचालन हुने छ ।

प्रगियोगिता कार्यक्रमलाई उद्घाटन गर्दै लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य जन्मजय तिमिल्सिनाले विद्यालय क्षेत्रबाट नै राष्ट्रिय खेलाडी उत्पादन हुने बताउनु भएको छ । बर्दिया राम्रो खेलाडी उत्पादन गर्ने जिल्ला हो । यो सबै विद्यालय स्तरबाट नै जाने गरेको बताउनु भएको छ । खेलाडीहरुलाई खेलकुद सामाग्रीको आवश्यक रहेको बताउनु भएको छ ।


कार्यक्रममा बर्दिया जिल्ला समन्वय समितिका प्रमुख सुर्यबहादुर बिष्टले राष्ट्र र स्वास्थ्यका लागि पनि खेल खेल्न जुरुरी रहेको बताउनु भएको छ । कार्यक्रममा शुभकामना दिनमा लागि छिमेकी पालिकाका नगरप्रमुखहरु पनि सहभागि हुनु भएको थियो ।

मधुवान नगरपालिकाका नगरप्रमुख तेजबहादुर भाट र ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख तिलक लम्सालले पनि प्रतियोगिताको शुभकामना दिनु भएको छ ।

कार्यक्रममा बारबर्दिया नगरपालिकाका प्रथम नगरप्रमुख दुर्गाबहादुर थारु कबिरले पढाई संगै खेलकुद अति आवश्यक रहेका बताउनु भएको छ ।


बारबर्दिया नगरपालिकाका नगरप्रमुख छबिलाल थारुको सभापतित्वका उद्घाटन कार्यक्रम भएको छ । कार्यक्रममा सुभकामानाका लागि लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य जन्मजय तिमिल्सिना, जिल्ला समन्वय समिति प्रमुख, नगरउपप्रमुख रत्नकुमारी पाण्डे, बारर्दियाका प्रथम नगरप्रमुख, ठकुरबाबा र मुधवन नगरपालिकाका नगरप्रमुखको जनप्रनिधि, संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।


बारबर्दिया नगरपालिकाले सांस्कृतिक नाच तथा मार्चपास सहित दोस्रो रनिङ तथा फुटबल प्रतियोगिता शुरु गरेको छ । आज उद्घाटन गरिएको प्रतियोगितामा केही खेलहरु शुरु गरिएको छ भने बाँकी भोली देखि सबै खेलहरु शुरु हुने सरस्वती माध्यमिक विद्यालयमा प्रधानाध्यापक कुमारप्रसाद सापकोटाले जानकारी गराउनु भएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
लोकप्रिय छुटाउनुभयो कि ?