Logo

बारबर्दियामा राष्ट्रपति रनिङ शिल्ड र मेयरकप फुटबल प्रतियोगिता जारी, रनिङ शिल्ड तर्फको ७ खेल र छात्रा तर्फको ९ फुटबल खेल भयो ।

Rato Pen ७ माघ २०७९, शनिबार १९:५७ मा प्रकाशित

बर्दियाको बारबर्दिया नगरपालिकामा जारी नगरस्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड तथा दोस्रो मेयरकप फुटबल प्रतियोगिता सनिबार दोस्रो दिन विभिन्न खेलहरु भएको छ । बारबर्दिया नगरपालिकाको आयोजना तथा सरस्वति मध्यमिक विद्यालय बारबर्दिया १ जमुनियाको संयोजनमा सुक्रबार देखि उद्घाटन भई शुरु भएको हो ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तरगत भएको खेलमा छात्र/छात्र सतपट, छात्र तर्फको १५ सय मटिर दौड, ८ सय मिटर दौड, छात्र तर्फको भलिबल खेल ५ खेल र रिले दौड गरि ७ वटा खेलहरु भएको छ । सतपट खेलमा छात्रा तर्फ प्रथम युवक मावि जोगिगाँउ, दृतीय भानुभक्त मावि सिउनीया र तृतीय सरस्वती मावि जमुनिया भएको छ । छात्र तर्फ प्रथम पाञ्चजन्य मावि पद्नाहा, दृतीय जनता मावि रम्बापुर र तृतीय धर्मभक्त मावि कर्तनीया भएको छ । १५ सय मिटर दौडमा छात्र तर्फ प्रथम युवक मावि जोगिगाँउ, दृतीय सरस्वती मावि जमुनिया र तृतीय धर्मभक्त मावि कर्तनीय भएको छ ।
भलिवल खेलमा छात्र तर्फ पहिलो चरणको खेलमा सरस्वती मावि जमुनिया र भानुभक्त मावि सिउनीया विच भएको खेलमा सरस्वती मावि विजय भएको छ । अंशुवर्मा मावि जयनगर र पेट्रियत बोडिङ स्कुल जयनगर बिच भएको खेलमा अंशुवर्मा मावि बिजय भएको छ । नेपाल राष्ट्रिय मावि बेलवाबज्जा र सिम्हा माबि बेलभार बिच भएको खेलमा नेपाल राष्ट्रिय मावि विजय भएको छ । धर्मभक्त मावि कर्तनीय र द भ्वाईस एकेडेमी जयनगर बिच भएको खेलमा धर्मधक्त मावि विजय भएको छ । र जनसेवा मावि बैदी र युवक मावि जोगिगाँउ विच भएको खेलमा जनसेवा मावि विजय भएको छ । र १ सय मिटर र ८ सय मिटरको रिले दौड शुरु भएर हितमा रहेको प्रतियोगिताको सचिवालय संयोजक तथा युवक मावि जोगिगाँउका प्रधानाध्यापक नरेशकुमार थारुले जानकारी गराउनु भएको छ ।
मेयरकप फुटबल प्रतियोगिता अन्तरगत महिला तर्फको पहिलो र दोस्रो चरणको खेलमा सनिबार सम्म ९ खेल भएको छ । दोस्रो चरणको खेलमा सिम्हा माविलाई ० को बिरुद्ध १३ गोलले युवक मावि जोगिगाँउ विजय भएको छ । अंशुवर्मा मावि जयनगरलाई १ को बिरुद्ध ३ गोलले सरस्वती मावि जमुनिया बिजय भएको छ । जनता मावि रम्बापुरलाई २ को बिरुद्ध ३ गोलले नेपाल राष्ट्रिय मावि बेलवाबज्जा बिजय भएको छ । जनज्योती मावि बनगाईलाई ०को बिरुद्ध १ गोलले जनसेवा मावि बैदी विजय भएको छ ।
यस अघि भएको पहिलो चरणको खेलमा किसान मावि फच्बहवालाई ०को बिरुद्ध १ गोलले सिम्हा मावि बेलभार बिजय थियो । पाञ्चजन्य मावि पद्नाहालाई ०को बिरुद्ध १ गोलले सरस्वती मावि जमुनिया बिजय भएको थियो । अमर सहिद दशरथ चन्द्र मावि खैरेनीलाई ० को बिरुद्ध १ गोलले जनता मावि रम्बापुरले बिजय भएको थियो । भानुभक्त मावि सिउनीयलाई १ को बिरुद्ध ३ गोलले जनज्योती मावि बनगाई विजय भएको थियो । धर्मभक्त मावि कर्तनीयालाई ०को बिरुद्ध १ गोलले जनसेवा मावि विजय भएको थियो ।
अब सेमीफाईनलको खेल सोमबार युवक मावि जोगिगाँउ र सरस्वती मावि जमुनिया, जनसेवा मावि बैदी र नेपाल राष्ट्रिय मावि बेलवाबज्जा विच प्रतिस्पर्धा हुने फुटबल खेल संयोजक कन्हैया थारुले जानकारी गराउनु भएको छ ।
बारबर्दिया नगरपालिकामा रहेका १४ सामुदायिक र २ संस्थागत विद्यालय गरि १६ वटा विद्यालयका विद्यार्थीहरु प्रतियोगितामा भाग लिनु भएको छ । माघ ६ गते शुरु भएको प्रतियोगिता माघ ११ गते सम्म संचालन हुने छ । खेलहरु विद्यालयको खेलमैदान, बारबर्दिया १ मा रहेको राजीपुर खेलमैदान र जोधिपुरको सम्झना चौक गरी ३ वटा खेल मैदानमा प्रतियोगिता भईरहेको छ । भोली तेस्रो दिन पुरुष तर्फको मेयरकप फुटबल र महिला तर्फको राष्ट्रपति रनिङ शिल्ड अन्तरगतका खेलहरु संचालन हुने सरस्वति माध्यमिक विद्यालय जमुनियाका प्रधानाध्यापक कुमारप्रसाद सापकोटाले जानकारी गराउनु भएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
लोकप्रिय छुटाउनुभयो कि ?