Logo

सातौँ राष्ट्रिय थारु साहित्य सम्मेलन बाँकेको राप्तीसोनारीमा शुरु, 

Rato Pen २० माघ २०७९, शुक्रबार १७:२२ मा प्रकाशित

बाँके, माघ २० गते

सातौँ राष्ट्रिय थारु साहित्य सम्मेलन सुक्रबार देखि बाँकेको राप्तीसोनारी गाँउपालिका ६ फत्तेपुरमा शुरु भएको छ । उक्त सम्मेलानको उद्घाटन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले गर्नु भएको हो ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका मन्त्री मोदीले यो सम्मेलन थारु समुदायको कलासंस्कृति संगै राजनीतिक, सामाजिक विकास गर्ने थलो बन्दै गएको बताउनु भएको छ । सम्मेलानले थारु समुदायको कुनबाटोमा हिड्ने भन्ने कुराको दिशानिर्देश गर्ने कुरामा विश्वास ब्यक्त गर्नु भएको छ । मन्त्री मोदीले आफुले र आफुनो मन्त्रालयले सक्दो सहयोग गर्ने बचनबद्धता गर्नु भएको छ ।
तीन दिन सम्म संचालन हुने सम्मेलनको पहिलो दिन आज उद्घाटन र विविध संस्कृतिक प्रस्ुततीहरु रहेको छ । दोस्रो र तेस्रो दिन दिने सम्मेलनमा थारु साहित्यसँगै, राजनीतिक, सामाजिक र सांस्कृतिक विषयमा छलफल तथा बहस गर्ने कार्यक्रम रहेको छ । थारु लेखक संघको आयोजनामा भएको सम्मेलनमा थारु साहित्यको समकालिन अवस्था, थारु र गैरथारु साहित्यकार वीच समन्वय, विकासमा बरघरको भूमिका, पश्चिम नेपालमा राजनीतिक अवास्था, थारु हस्तकला, आख्यानमा थारु जिवन, थारु साहित्यमा यूवा लगायत विषयमा चर्चा हुने छ ।
सम्मेलनमा साहित्यकार डा. गोविन्द आचार्यद्वारा लिखित दंगी र उर्वशी नामक पुस्तकको चर्चा समेत गरिने कार्यक्रम रहेको छ । थारु समुदायमा विद्यमान सिकलसेल एनिमियाका बारेमा भेरी अस्पतालका बरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डे र सिकलसेल सामुदायिक अस्पताल तथा अनुसन्धान केन्द्रका अध्यक्ष जिवराज चौधरीले सहजिकरण गर्ने कार्यतालिका रहेको छ ।
पश्चिम नेपालमा प्रचलित मटावा, बरघर, भल्मन्सा प्रथाले विकासमा पुर्याएको योगदानको समेत चर्चा हुने भएको छ । साहित्य सम्मलेन भनिए पनि थारु भाषा, साहित्य, संस्कृतिसँगै राजनीतिक, आर्थिक र सामाजिक मान्यता तथा विसंगतीको बारेमा समेत चर्चा गर्ने कार्यक्रम रहेको छ ।
सातौँ राष्ट्रिय थारु साहित्य सम्मेलनमा पूर्व मेचीदेखि महाकालीसम्मका थारु सर्जक तथा अगुवाले सहभागिता रहेको छ । थारु लेखक संघले पहिलो सम्मेलन दाङको घोराहीमा गरेको थियो । दोस्रो कैलालीको धनगढी, तेस्रो बर्दियाको बढैयाताल, चौथो रुपन्देहीको सैनामैनामा, पाँचौँ सुर्खेतको नयाँ गाउँ र छैठौँ कञ्चनपुरमा राष्ट्रिय सम्मेलन भएको थियो । कोरोनाका कारण रोकिएको सम्मेलन यस पटक बाँकेका फत्तेपुरमा गर्न लागिएको जंग्रार साहित्यिक बखेरीका अध्यक्ष सोम डेमनडौराले जानकारीले जानकारी गराउनु भएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
लोकप्रिय छुटाउनुभयो कि ?