Logo

एघार बुँदे घोषणा पत्र जारी गर्दै सातौँ राष्ट्रिय थारु साहित्य सम्मेलन सकियो ।

Rato Pen २२ माघ २०७९, आईतवार २०:४१ मा प्रकाशित

बाँके, माघ २२ गते

सातौँ राष्ट्रिय थारु साहित्य सम्मेलन एघार बँुदे राप्तीसोनारी घोषणा पत्र २०७९ जारी गर्दै सम्पन्न भएको छ । माघ २० देखि २२ गते सम्म ३ दिन संचालन भएको सम्मेलनले थारु भाषा साहित्य, संस्कृति उनन्नयका लागि सबै जना एकजुट भएर सहकार्य गर्ने सहित ११ बँुदे घोषणा पत्र सहित सकिएको हो ।
घोषणा पत्रमा थारु बाहुल्य रहेको क्षेत्रमा थारुभाषा पठनपाठनका लागि पहल गर्ने, थारु लोक साहित्य तथा संस्कृतिको संरक्षण र प्रवर्धनका लागि अनुभव आदानप्रदान तथा दस्ताबेजीकरण गर्ने, युवाहरुलाई साहित्य सम्मेलनमा सहभागितामा जोड दिने, स्रष्टा सम्मानका लागि अक्षय कोषको स्थापना गर्ने, थारु भाषाको विकासका लागि बोल्ने, लेख्ने र छाप्ने कामलाई थप निरन्तरता दिने, यस्ता खालका कार्यक्रम गर्नका लागि प्रदेश तथा स्थानीय सरकारसंग बजेटका लागि पहल गर्ने, सातौ राष्ट्रिय थारु साहित्य सम्मेलनको स्मारिका प्रकाशन गर्ने, आगामी आठौँ सम्मेलन मोरङ जिल्लामा गर्नेलगाएको रहेको छ ।

सम्मेलनमा थारु साहित्यसँगै, राजनीतिक, सामाजिक र सांस्कृतिक विषयमा छलफल तथा बहस गरिएको छ । थारु लेखक संघ नेपाल र थारु गोचाली समाज नेपालको आयोजनामा भएको सम्मेलनमा थारु साहित्यको समकालिन अवस्था, थारु र गैरथारु साहित्यकार वीच समन्वय, विकासमा बरघरको भूमिका, पश्चिम नेपालमा राजनीतिक अवास्था, थारु हस्तकला, आख्यानमा थारु जिवन, थारु साहित्यमा यूवा लगायत विषयमा चर्चा गरिएको छ ।
पश्चिम नेपालमा प्रचलित मटावा, बरघर, भल्मन्सा प्रथाले विकासमा पुर्याएको योगदानको समेत चर्चा गरिएको छ । साहित्य सम्मलेन भनिए पनि थारु भाषा, साहित्य, संस्कृतिसँगै राजनीतिक, आर्थिक र सामाजिक मान्यता तथा विसंगतीको बारेमा छलफल गरिएको छ ।
सातौँ राष्ट्रिय थारु साहित्य सम्मेलनमा पूर्व मेचीदेखि महाकालीसम्मका थारु सर्जक तथा अगुवाले सहभागिता रहेको थियो ।

 

 


लोकप्रिय समाचार
ताजा समाचार
लोकप्रिय छुटाउनुभयो कि ?