
बर्दिया माघ २४ गते
सिएमसी नेपालको आयोजनामा द्वन्द्वप्रभावित ब्यक्तिहरुका लागि मनोसामाजिक परामर्श कार्यक्रम अन्तरगत सामुहिक पीडा समनका लागि वनभोज कार्यक्रम भएको छ । बारबर्दियाका द्वन्द्वप्रभावित ब्यक्तिहरुलाई बारबर्दिया न.पा.–९ खैरेनीको सतखलवा सिमसार क्षेत्रमा वनभोज कार्यक्रम गरिएको हो । सहिद र वेपत्ता योद्धा परिवारजनहरुको बनभोज कार्यक्रममा बारबर्दिया वर्तमान तथा निवर्तमान नगर प्रमुख र उपप्रमुखहरुको पनि सहभागीता रहेको थियो । सहिद परिवारलाई यसै गरि सधै साथ र हौसला प्रदान गरिदिनु पर्ने द्वन्द्वपीडित परिवारका सदस्यहरुको आशा र विश्वास ब्यक्त गर्नु भएको छ ।
लोकप्रिय समाचार