Logo

परियोजना ब्यबस्थपान तथा समन्वय समिति गठन तथा अभिमुखिकरण

Rato Pen ५ फाल्गुन २०७९, शुक्रबार २१:४८ मा प्रकाशित

बारबर्दिया, फागुन ५ गते
कृषि तथा पशु विकासमा आधारित सानाकिसान तथा युवा उद्यमशिलता साझेदारी परियोजना ब्यबस्थपान तथा समन्वय समिति गठन तथा अभिमुखिकरण कार्यक्रम बारबर्दियामा सम्पन्न भएको छ ।
बारबर्दिया नगरपालिका र हेफर परियोजना नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा साझेदार संस्था थारु महिला उत्पान केन्द्र तथा हेफर परियोजना नेपालका सहजीकरणमा कार्यक्रम भएको हो ।

उक्त परियोजना हाल बारबर्दिया नगरपालिकाको वडा नम्बर १, ६ र ९मा संचालन गर्ने भएको छ । प्रत्येक वडामा दुईदुई वटा समुहको दरले गठन गरि २२ वटा मुल समुह गठन गर्दा प्रत्येक वडाका वडा अध्यक्षहरुको समन्वय तथा सहभागितामा समुह गठन गर्ने निर्णय गरेको छ ।


आजको कार्यक्रममा परियोजनाको लक्ष्य र उदेश्य। क्रियाकलाप बजेट, उपलब्धि तथा प्रभाव, परियोजना ब्यबस्थापन संरचना, कार्यान्वयन विधि, मुख्य क्षेत्रहरु र रणनीतिको बारेमा छलफल गरिएको छ । परियोजनालाई पारदर्शि र उत्तरदायित्व बनाउदै परियोजना कार्यान्वयनका लागि सहज वातावरण श्रृजना गर्ने उदेश्यले बारबर्दिया नगरपालिकाका नगरप्रमुख छबिलाल थारुको अध्यक्षतामा परियोजना ब्यबस्थापन समिति गठन गरिएको छ । उक्त समितिमा प्रमुख प्रशासकीय अधिकृत सदस्य सचिव, नगरउपप्रमुख सहित १ देखि ११ वडाद सम्मका वडा अध्यक्ष सदस्य, लेखापाल, पशुसेवा शाखा, कृषि विकास शाखा, योजाना शाखा, आर्थिक विकास समितिका संयोजक, हेफर परियोजना नेपालका प्रतिनिधि, थारु महिला उत्थान केन्द्रका प्रतिनिधि सदस्य रहनु भएको छ ।


परियोजना ब्यबस्थापन तथा समन्वय समितिको भूमिका तथा जिम्मेवारीमा परियोजनाको गतिविधिहरुको त्रैमासिक समिक्षा गरि पृष्ठपोषण प्रदान गर्ने, आवश्यकता अनुृसार फिल्ड अनुगमन गर्ने, परियोजनामा पारदर्शि र उत्तरदायित्व कायम गर्ने, क्रियाकलापहरुको कार्यान्वयनका क्रममा आवश्यक पर्ने स्रोतको ब्यबस्थापन गर्ने, परियोजना कार्यान्वयनको बेला आईपरेका विवाद तथा अन्य सवालहरु समाधान गर्न मद्दत गर्ने, नगरपालिकामा परियोजना कार्यान्वयनका लागि सहज वातावरण श्रृजना गर्ने, नगरपालिकामा सानाकिसान मैत्री नीति निर्माणमा सहजीकरण गर्ने, परियोजनामा भएका असल अभ्यासहरु नगरपालिकामा अन्य क्षेत्रमा विस्तार गर्ने र महिला सहकारी मार्फत कृषि तथा पशु उपजको बजार प्रवर्धनमा सहयोग गर्ने रहेको छ ।


परियोजना वितरण गरिने मुख्य श्रोतहरु (बाख्रा तथा गोठ सुधार) समुह सदस्यहरुलाई प्रदान गर्दा समुहको प्राथमिताको आधार सदस्य छनौट गरि वडा कार्यालयसंगको समन्वयमा प्रदान गर्ने निर्णय गरिएको छ । मुल तथा उपाहर समुहका सदस्यहरुलाई प्रदान गरिने स्रोतमा बाख्रा र बोका उपहार प्रदान पद्धतिमा गर्ने । सानाकिसान मैत्री बनाउदै स्रोतको समुचित प्रयोग गर्नका लागि प्रत्यक वडाको अध्यक्षको संयोजकत्वमा वडा स्तरीय परियोजना अनुगमन तथा समिति गठन गर्ने निर्णय गरेको छ ।


कार्यक्रममा बारबर्दिया नगरपालिकाका नगरप्रमुख छबिलाल थारुले कार्यपालिका सदस्य, वडा समिति तथा बिषयगत शाखाका प्रमुखहरुलाई परियोजनालाई उपलब्धिमुलक बनाउनका लागि आफ्नो क्षेत्रबाट सहयोग गर्नु पर्ने बताउनु भएको छ । हेफर नेपालको कार्यक्रम पहिले पनि केही क्षेत्रमा संचालनमो रहेको थियो । जुन कार्यक्रमको बारेमा पहिले सहभागि भएका ब्यक्तिहरुलार्य राम्रो भएको प्रतिक्रया दिएपछि कार्यक्रमलाई सम्झौता गर्ने निर्णयमा पुगेको बताउनु भएको छ । अहिले पनि स्थानीय सरकारले पर्याप्त मात्रामा श्रोतहरु जुटाउन नसकिरहेको अवस्थामाख यो परियोजनाले केहि मात्रामा सहयोग पुग्ने विश्वास ब्यक्त गर्नु भएको छ । कृषि तथा पशुपालन ब्यबसायलाई आधुनिकीकरण गर्ने छौँ भने प्रतिबद्धता जायौँ तर बजेटको अभावले सोचे अनुसारको काम गर्न नसकिरहेको अवस्थामा जनतालाई यस कार्यक्रमले सम्बोधन गर्न अपेक्षा गर्नु भएको छ । पहिलेको सरकार भन्दा राम्रो गरे मात्र अहिलेको सरकारको उपलब्धी देखिने भएकोले सर्कलाई कार्यान्वयन गर्न तर्फ जागरुप हुन आग्रह गर्नु भएको छ ।


नगर उपप्रमुख रत्नकुमारी पान्डेले किसानलाई लाभावित हुने खालका कार्यक्रम रहेकोले हामी सबैले प्रभावकारी कार्यान्वयनमा जोड दिनु पर्ने बताउनु भएको छ । संघसंस्थाले गर्ने मार्फत गर्ने कार्यक्रमहरु संस्थाकै हो भन्ने समुदायमा परिरहेकोले हामी सबैले यो पालिकाको पनि कार्यक्रम हो भनेर बुझाउनु पर्ने आवश्यकता रहेको बताउनु भएको छ । बारबर्दिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक कोइरालाले परियोजनाद्धारा असल अभ्यास गर्नका लागि सबै तह र तप्काबाट सहयोग र समन्वयको आवश्यकता रहेको बताउनु भएको छ । कार्यक्रमको सफलताको शुभकामना पनि दिनु भएको छ ।


कार्यक्रममा परियोजको बारेमा जानकारी तथा स्वागत मन्तब्य हेफर परियोजना नेपालका क्षेत्रीय कार्यक्रम प्रबन्धक प्रकाश केसीले गर्नु भएको थियो । परियोजनाको बिस्तृत बारे जानकारी हेफरका बरिष्ठ कार्यक्रम अधिकृत प्रदिप शर्माले गराउनु भएको थियो । बिषयगत शाखाका प्रमुख तथा प्रतिनिधि, थारु महिला उत्थान केन्द्रका कर्मचारी लगाएतको सहभागिता रहेको थियो । कार्यक्रमको सांचलन परियोजनाका कार्यक्रम संयोजक किशोर चौधरीले गर्नु भएको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
लोकप्रिय छुटाउनुभयो कि ?