Logo

वडा स्तरीय परियोजना अनुगमन तथा समन्वय समिति गठन तथा अभिमुखिकरण कार्यक्रम

Rato Pen १४ फाल्गुन २०७९, आईतवार २३:५५ मा प्रकाशित

बारबर्दिया, फागुन १३ गते
कृषि तथा पशु विकासमा आधारित सानाकिसान तथा युवा उद्यमशिलता साझेदारी परियोजनाको वडा स्तरीय परियोजना अनुगमन तथा समन्वय समिति गठन तथा अभिमुखिकरण कार्यक्रम बारबर्दियाको ३ वटा वडामा सम्मन्न गरिएको छ । बारबर्दिया नगरपालिका र हेफर परियोजना नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा साझेदार संस्था थारु महिला उत्थान केन्द्र तथा हेफर परियोजना नेपालका सहजीकरणमा उक्त कार्यक्रम भएको हो ।


कार्यक्रममा परियोजना अनुगमन तथा समन्वय समिति गठनसंगै कार्यक्रम बारे जानकारी, वडा कार्यसमितिको काम, कर्तब्य र अधिकार बारे जानकारी, वडा स्तरमा दुई दुई वटा कृषि समुह गठनका लागि गाँउ छनौट गरिएको छ । वडा नम्बर ९ मा सुक्रबार कार्यक्रम गरिएको थियो भने वडा नम्बर १ र ६ मा सनिबार कार्यक्रम गरिएको छ ।
कार्यक्रममा वडा अध्यक्ष परियोजना अनुगमन तथा समन्वय समितिको संयोजक रहने गरि चारै जना वडा सदस्यहरु सदस्य, सेवा क्षेत्र भित्र पर्ने कृषि वा पशु सेवाका प्रतिनिधि सदस्य, थारु महिला उत्थान केन्द्रका सोही परियोजनाका कार्यक्रम संयोजक, प्राविधिक, सजकर्ता सदस्य र वडा सचिव सदस्य सचिव रहने ब्यबस्था अनुसार समिति गठन गरिएको छ । १,६र९ गरि तीनवटै वडामा गठन प्रक्रिया अनुसार समिति गठन गरिएको परियोजनाका कार्यक्रम संयोजक किशोर चौधरीले जानकारी गराउनु भएको छ ।


वडा नम्बर १ मा दाङपुर र जोधिपुर गरि एउटा समुह र शैलाही र राजीपुर गरि एउटा समुह निर्माण गर्ने निर्णय सहित गाँउ छनौट भएको छ । यसैगरी वडा नम्बर ६को रामपुरटप्पर र गुलरामा कृषि सुमह निर्माण गर्ने निर्णय सहित गाँउ छनौट भएको छ । र वडा नम्बर ९ मा ढकैला, कर्तनिया र बनगाई गाँउलाई छनौट गरि कृषि समुह निर्माण गर्ने निर्णय गरेको संयोजक चौधरीले जानकारी गराउनु भएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
लोकप्रिय छुटाउनुभयो कि ?