
बर्दिया, फागुन २० गते
प्रेस सेन्टर नेपालका केन्द्रिय अध्यक्ष बिष्णुप्रसाद सापकोटा‘जुगल’ले प्रेस सेन्टरले पत्रकारहरुको हकअधिकार लागि अग्रनी भूमिमा निर्वाह गर्दै आएको बताउनु भएको छ । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समितिको बिशेष अधिवेशनलाई सम्बोधन गर्दै उक्त कुरा बताउनु भएको हो ।
संचारगृह तथा सञ्चारकर्मीका लागि बर्गिकरण विज्ञापन, पारिश्रमिक निर्धारण, पत्रकारहरुको सुरक्षा तथा बिमाको बिषयमा वकालत गर्दै आएको बताउनु भएको छ । प्रेस सेन्टर स्थापना भएदेखि श्रमजीवि पत्रकारहरुको पक्षमा उभिएर उहाँहरुको ब्यबसायिकता, क्षमता तथा राज्यबाट पाउनु पर्ने सुविधाको बिषयमा वहस पैरवी गर्दै आएको बताउनु भएको छ । संचारकर्मीहरुलाई स्थानीय सरकार तथा सेवा प्रदायक निकायका सुचना तथा समाचारलाई सकारात्मक तरिकाबाट आलोचनात्मक तरिकाबाट खेख्न आग्रह गर्नु भएको छ । जसले गर्दा आम नागरिकहरुलाई सेवा लिन सहज हुने र विकासका गतिविधिहरु समयमा गुणस्तरीय हुने बताउनु भएको छ । अहिले स्थानीय पालिकाहरु प्रयाप्त मात्रामा विकास निर्माणका कामहरु गर्नु भएको छ । त्यो कुरालाई संचारमाध्यमा ल्याई दिन सुझाव दिनु भएको छ । पत्रकारहरुले जुनसंगठनमा आवद्ध भएपनि एकअर्कालाई सम्मान गर्दैै अगाडी बढ्नु पर्ने जुगलले बताउनु भएको छ ।
अधिबेशनमा नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य तथा बर्दिया जिल्ला इन्चार्ज सन्तकुमार थारुले पत्रकारहरुले राम्रो कामको प्रचार गर्ने र नराम्रो कामको रचनात्मक आलोचना गर्नु पर्ने बताउनु भएको छ । आफुले पनि कुनै गलत कार्यगरेको अवस्थामा पनि आलोचना गर्न आग्रह गर्दै जो कोही पनि गलत गरेको अवस्थामा आलोचना गर्न पछाडी नपर्न आग्रह गर्नु भएको छ । पार्टीमा आबद्ध रहेका पत्रकारहरु पनि आफ्नो पार्टीको आलोचना गर्दा पार्टी सुध्रने मौका पाउछ र देश सकारात्मक दिशा तर्फ उन्मुख हुने कुरा बताउनु भएको छ ।
नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य तिलकराम शर्मा हिमालले समजमा नकारात्मक कुराहरु धेरै फैलिएकोले पत्रकारहरुले बास्तविक कुराहरु बुझाउनका लागि महत्पुर्ण भुमिका निर्वाह गर्नु पर्ने बताउनु भएको छ । पत्रकारले अहिले प्राप्त उपलब्धीहरुलाई संस्थागत गर्नका लागि जनपक्षीय कुरालाई कलम चलाउन आग्रह गर्नु भएको छ ।
अधिबेशनमा, नेकपा माओबादी लुम्बिनी प्रदेश सदस्य लक्ष्मी प्रसाद शर्मा आकाश, शुभद्र चौधरी, दुर्गाबहादुर बिक अबिरल, अखिल नेपाल शिक्षक संगठन जिल्ला उपाध्यक्ष भक्तलक्ष्मी श्रेष्ठ, नेपाल पत्रकार महासघ प्रदेश कोषाध्यक्ष यामनाथ घिमिरे नेपाल पत्रकार महासघ बर्दिया अध्यक्ष यादव आचार्य, थारु पत्रकार संघका अध्यक्ष मान बहादुर चौधरी, पर्यटन पत्रकार संघका अध्यक्ष दिपक शर्मा, प्रेस चौतारी बर्दियाको अध्यक्ष यज्ञ प्रसाद सपकोटा लगाएतको सहभागिता रहेको थियो । सहभागीहरुले विशेष अधिवेशनका सफताको शुभकामना दिनु भएको थियो ।
बिशेष अधिबेशन रहेकोले सामान्य पदाधिकारी तथा सदस्य हेरफेर गरेको छ । अधिबेशन मधुवन नगरपालिकामा रहेको सहिद प्रतिस्थानमा भएको थियो ।