Logo

बारबर्दियामा चैत्र १ गते देखि कोभिड १९ बिरुद्ध खोपको दोस्रो बुष्टर मात्रा लगाईदै

Rato Pen २८ फाल्गुन २०७९, आईतवार २२:२८ मा प्रकाशित

बर्दिया, फागुन २८ गते
राष्ट्रिय खोप कार्यक्रम अन्तरगत बारबर्दिया नगरपालिकामा कोभिड १९ बिरुद्धको खोप अभियान सम्बन्धी जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरुसंग अन्तरक्रिया कार्यक्रम गरिएको छ । बारबर्दियामा यहि चैत्र १ देखि ३ गते सम्म कोभिड खोपको दोस्रो बुष्टर तथा सोही समुहमा बुष्टर छुट भएकालाई कोभिड १९ बिरुद्धको खोप लगाउने अभियानलाई सफल बनाउनका लागि अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

बारबर्दिया नगरपालिकामा नगरपालिकामा कोभिड १९ बिरुद्ध खोपको पहिलो बुष्टर लिएको ६ महिना पुगेका ५५ बर्ष माथिका सबैजना तथा स्वास्थ्यकर्मी र १२ बर्ष माथिका दिर्घरोगीहरुलाई खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख तथा बरिष्ठ जनस्वास्थ्य अधिकृत गोकर्ण गिरीले जानकारी गराउनु भएको छ ।
बर्दिया तथा बारबर्दिया नगरपालिकाको कोभिड खोपको अवस्था, कोभिड खोप कार्यक्रम प्रभावकारी बनाउन आगामी दिनका रणनीति र योजना, कोभिड खोपको आवश्यकता, महत्वको बारेमा जानकारी गराउनु भएको थियो । खोप अभियान सफल बनाउनका लागि स्वास्थ्यकर्मी, जनप्रतिनिधिहरुको महत्वपुर्ण भूमिका हुने भएकोले सबै जना गम्भिरतापुर्वक लाग्नु पर्ने बताउनु भएको छ ।


कार्यक्रममा बारबर्दिया नगरपालिकाका नगरप्रमुख छबिलाल थारुले जनप्रतिनिधिहरुलाई खोप अभियानलाई सफल बनाउनका लागि कार्यपालिका, वडा अध्यक्ष तथा जनप्रनिधिहरुलाई पुर्ण रुपमा लाग्न निर्देशन दिनु भएको छ । जनताका सुरक्षा तथा स्वास्थ्य अवस्था जतिबेला पनि भयाबह हुनसक्ने भएकोले स्वास्थ्यकर्मी तथा जनप्रतिनिधि जिम्मेवारीपुर्वक अभियान सफल पार्नु पर्ने बताउनु भएको छ ।
कार्यक्रमको उदेश्य तथा संचालन बारबर्दिया स्वास्थ्य शाखाका प्रमुख डिल्लीराज शर्माले गर्नु भएको थियो । स्वास्थ्य कार्यालय बर्दियाको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा नगरप्रमुख, नगर उपप्रमुख, वडा अध्यक्ष तथा वडा प्रतिनिधिको रुपमा वडा सदस्य, कार्यपालिका सदस्य, स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
लोकप्रिय छुटाउनुभयो कि ?