
बर्दिया
घरच्वार थारु समाज नेपालको जिल्ला प्रथम सम्मेलन बर्दियाको बारबर्दिया नगरपालिका २ जोगिगाँउमा सम्पन्न भएको छ । जिल्ला सम्मेलानबाट घरच्वार थारु समाजको बर्दिया शाखा समितिको १५ सदस्सीय नेतृत्व चयन गर्दै सम्पन्न भएको हो ।
जिल्ला समितिको अध्यक्षमा माधबलाल घरच्वार चौधरी, उपाध्यक्षमा सिताराम घरच्वार थारु, सचिवमा रामप्रसाद घरच्वार थारु, सहसचिवमा सरस्वती घरच्वार चौधरी, कोषाध्यक्षमा अनिता घरच्वार चौधरी, सदस्यमा दुर्गा घरच्वार चौधरी, किरण घरच्वार चौधरी, साईतु घरच्वार चौधरी, दुर्गाप्रसाद घरच्वार चौधरी, बलराम घरच्वार चौधरी, रेश्मा घरच्वार चौधरी, मान बहादुर घरच्वार चौधरी, बाँधुराम घरच्वार चौधरी र गंजबहादुर घरच्वार चौधरी चयन हुनुभएको छ ।
घरच्वार थर रहेका थारुहरुलाई संगठित गरि उहाँहरुमा चेतनाको विकाससंगै आर्थिक, सामाजिक, सांस्कृतिक तथा पहिचानमा सशक्तीकरण गर्नका लागि सम्मेलन गरेको घरच्वार थारु समाज नेपालका महासचिव पुर्णबहादुर घरच्वार चौधरीले बताउनु भएको छ । बर्दिया जिल्लाको ८ वटै पालिकाका प्रतिनिधित्व हुने गरि प्रथम सम्मेलनबाट नयाँ नेतृत्व चयन गरेको बताउनु भएको छ । घरच्वार थारुहरुले आफ्नो पहिचान र जातीय अस्त्विको लागि पनि संगठित हुने पर्ने महासचिव घरच्वारको भनाई रहेको थियो । सम्मेलनको प्रमुख अतिथि समेत रहनु भएका महासचिव घरच्वारले राजनीतिक क्षेत्रमा पनि अगाडी बढ्नु पर्ने आवश्यकता रहेको बताउनु भएको छ ।
सम्मेलनमा जेष्ठ नागकिरहरुलाई पुर्खा सम्मान गरेको छ । घरच्वार थारु समुदायबाट अगाडी बढिराख्नु भएका कलाकारहरुलाई पनि सम्मान गरेको छ । भाषा, संस्कृति र पहिचान, संरक्षण सम्बर्धन गर्ने हाम्रो अभियान भन्ने नाराका साथ घरच्वार थारुहरु संगठित भईरहनु भएको छ । नेपालको ६ जिल्लामा फैलिएर बसोबार गर्ने घरच्वार थारुहरु विगत ३ बर्ष देखि संगठित हुदै आउनु भएको छ । गत बर्ष चैत १८ र १९ गते भएको घरच्वार थारुहरुको केन्द्रिय सम्मेलनबाट केन्द्रिय समिति गठन गरि जिल्ला हुदै पालिका गाँउ स्तरमा समेत संगठन बिस्तार गर्ने उदेश्यका साथ अभियान संचालन गरिहेको घरच्वार थारु समाज नेपालका केन्द्रिय सचिव कृपालाल घरच्वार थारुले बताउनु भएको छ ।