Logo

वडास्तरीय बाल अधिकार समितिको क्षमता विकास तालिम

Rato Pen २१ चैत्र २०७९, मंगलवार २२:०० मा प्रकाशित

जनक चौधरी
बर्दिया, चैत २१ गते
बारबर्दियामा बालअधिकार समितिका पदाधिकारीहरुको लागि १ दिने क्षमता विकास तालिम बारबर्दिया नगरपालिका वडा नम्बर १मा सम्पन्न भएको छ । बालबालिकाहरुको बालअधिकार सुनिश्चित गर्दै बालबालिकाको आफ्नै संरक्षणमा उहाँहरुको संलग्नता प्रर्वद्धन गर्ने उदेश्यले तालिमको आयोजना गरिएको हो ।
बारबर्दिया नगरपालिका वडा न १ का वडा अध्यक्ष कैलाशपति थारु को सभाअध्यक्षतामा सम्पन्न भएको छ । सभापतिको आसनबाट बोल्दै उहाँले वडा कार्यालयको तर्फबाट बालबालिकाको हकअधिकारको लागि छुट्टै कार्यक्रम बनाएर अगाडी बढ्ने बताउनु भयो । बालबालिकाको लागि सचेतना मुलक कार्यक्रम सञ्चालन गर्ने बताउनु भयो । १ दिने तालिममा बालधिकारको अर्थ, बाल अधिकार विकास क्रम, किसिम र सिद्धान्त, बालबालिकामा हुने दुव्र्यवहार र प्रकार, समुदाय तथा विद्यालयमा हुने दुव्र्यवहार न्युनिकरणको विषयम छलफल गरिएको थियो ।
त्यसै समुदाय भित्र जोखिमको पहिचान, राम्रो तथा नराम्रो छुवाई बारे जानकारी, बालबालिकामा सचेतना अभिबृद्धि गर्ने र बालबालिका सम्वन्धि ऐन २०७५को बारेमा बाँके युनेस्को क्लवका फिल्ड सुपरभाईजर र जनक चौधरीले सहजिकरण गर्नु भएको थियो । प्लान ईन्टरनेस्नल नेपाल र बाँके युनेस्को क्लवको साझेदारी तथा बारबर्दिया नगरपालिकाको समन्वयमा कार्यक्रम भएको हो । कार्यक्रममा १५ जनाको सहभागिता रहेको थियो । परियोजना विगत ५ वर्ष देखि बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका लगाएत ४ वटा पालिकामा काम गरिरहेको छ ।
परियोजनाले बाल क्लव गठन, किशोरी क्लब गठन, प्रत्येक वडा मा बाल अधिकार समितिको गठन गरी क्षमता विकास तालिम गराइ रहेको त्यसैगरी सकारात्मक अभिभावक समूह गठन ,अन्तरपुस्ता संवाद समूह गठन तथा परिचालन बालअधिकार सम्वन्धि रणनैतिक कार्ययोजना, कार्यविधि, संरक्षण एडभोकेसी गर्ने, शैक्षिक र आपतकालिन सहयोग बालविवाह न्युनिकरणको लागि विभिन्न उमेर समुहलाई अभिमुखिकरण गर्दै आएको जनक चौधरीले बताउनु भयो ।


लोकप्रिय समाचार
ताजा समाचार
लोकप्रिय छुटाउनुभयो कि ?