Logo

प्रदेश २ मा खेल र खेलाडीको लागि विशेष योजना लयाइने ः मन्त्री साह

Rato Pen २५ मंसिर २०७७, बिहीबार १३:१६ मा प्रकाशित

वडा स्तरीय टी टवान्टी क्रीकेट प्रतियोगिता उपाधी छिन्नमस्ता स्पोर्ट्स क्लब लाई

सप्तरी, २५ मसिंर ।
प्रदेश २ सरकारले खेल र खेलाडीहरुको लागी विशेष योजना ल्याइ खेल क्षेत्रमा लगानी गर्दै सप्तरीको छिन्नमस्ता गाँउपालिकामा खेल मेदान स्तरोन्ती हुने भएको छ ।
छिन्नमस्ता गाँउपालिकाको वडा स्तरीय टी टवान्टी क्रीकेट प्रतियोगिता अन्तर्गत आजको समापन खेलको प्रमुख अतिथीको रुपमा प्रदेश २ सरकारको भुुमि व्यवस्था तथा कृषि सहकारी मन्त्री शेलेन्द्र साहले पुरस्कार हस्तान्तर गर्दै सो कुरा बताउनु भयो ।
त्यसै गरी गापा स्तर बाट समेत खेल मेदानको लागि यसै वर्ष गाँउपालिका बाट बजेट छुटयाइ थप स्तरोन्तीका कामहरु गर्ने विष्टि अतिथीका रुपमा पुरुरसार वितरण गर्ने क्रममा गाँउपालिका अध्यक्ष सुर्यनराण मण्डलले प्रतिबदता व्यक्त गर्नु भयो ।
छिन्नमस्ता गाँउपालिको सहयो तथा छिन्नमस्ता स्पोर्ट्स क्लब बरही बिरपुरको आयोजनामा बरही थान पोखरी क्रीकेट मैदानमा छिन्नमस्ता स्पोर्ट्स क्लब र वडा न.७ बीच भएको फाइनल खेलको उपाधी छिन्नमस्ता स्पोर्ट्स क्लबले जितेका हुन ।


वडा न.७ ले टस जितेर ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउँदै १ सय ५० रन बनाउन सफल भए पनि जवाफी ब्याटिङ गर्न ओर्लेका छिन्नमस्ता स्पोर्ट्स क्लबले १९ दशमलब १ ओभरमा ३ विकेट गुमाउँदै उक्त लक्ष्य पुरा गर्ने सफल भएका थिए ।
वडा नम्वर ७ को तर्फ बाट भुपेन्द्र यादवले ४० रन, सुशील यादवले २१ रन, अनिल शर्माले १९ रन जोडेका थिए । भने बलिङ तर्फ छिन्नमस्ता स्पोर्ट्स क्लबका उपेन्द्र रायले २ विकेट, इन्द्रजित राय २ विकेट, गुनानन्द राय २ विकेट, रितिक राय १ विकेट लिएका थिए ।
त्यसैगरी स्पोर्ट्स क्लबले तर्फ बाट उपेन्द्र रायले आक्रामक ब्याटिङ गर्दै ८७ रन, बिकि रायले १६ रन, गुनानन्द राय १२ रन, रबि रायले १० रन जोडेका थिए । यता बलिङतर्फ छिन्नमस्ता वडा न.७ का अनिल शर्माले १ विकेट तथा पृतेश यादवले २ विकेट विकेट लिएका थिए ।
उक्त खेलको म्यान अफ दी म्याच, म्यान अफ दि सिरिज, बेस्ट ब्यट्सम्यान, बेस्ट बलर छिन्नमस्ता स्पोर्ट्स क्लबका उपेन्द्र राय घोषित भएका थिए भने बेस्ट फिल्डर राजु राय, उदयमान खेलाडीको रुपमा वडा न.७ का अनिल शर्मा र स्पोर्ट्स क्लबका इन्द्रजित राय घोषित भएका थिए ।
प्रतियोगिता समापन समारोहका अध्यक्षता क्लबका संरक्षक तिर्थ नारायण राय, बिशिस्ट अतिथि उपाध्यक्ष श्रीमति उषा मण्डल, अतिथिहरु छिन्नमस्ता वडा न १ का अध्यक्ष बिनोद यादव लगायत खेलप्रेमी हरुको उपस्तिथि रहेको थिए भने संचालन छिन्नमस्ता स्पोर्ट्स क्लबका अध्यक्ष रवी रायले गरेका थिए र बिजेता र उप बिजेता टिमलाई समेत पुरस्कार बितरण गरेका थिए ।


लोकप्रिय समाचार
ताजा समाचार
लोकप्रिय छुटाउनुभयो कि ?