Logo

बाल विवाहको तथ्याँक संकलन गरिदै

Rato Pen ३१ बैशाख २०८०, आईतवार ०९:०८ मा प्रकाशित

बर्दिया, बैशाख ३० गते
बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका ठाकुुरबाबा नगरपालिका मधुवन नगरपालिका र गेरुवा गाँउपालिकामा वाल विवाह न्युनिकरणका लागि तथ्याँक संकलन गरिने भएको छ ।

पालिकाहरुको समन्वयमा प्लान ईन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समुह(बि ग्रुप)बाँकेको साझेदारीमा बाल विवाह न्युनिकरण परियोजना अन्तरगत तथ्याँक संकलन गर्न थालिएको हो ।


पालिकाहरुमा वाल विवाहको अवस्था पत्तालगाई बाल विवाह न्युनिकरण गर्ने अभियानलाई कार्यान्वयन गर्नका लागि नीतिगत रुपमा योजना बनाउन सहज हुने उदेश्यले तथ्याँक संकलन गर्न थालिएको छ । पालिकामा बाल विवाहको अवस्था कस्तो छ भन्ने कुराको एकिन तथ्याँक भयो भने योजनाबद्ध तरिकाबाट कार्यक्रम गर्न सहजता हुने अपेक्षा लिईएको छ ।


तथ्याँक संकलनका लागि तथ्याँक संकलकहरुलाई दुई दिने अभिमुखिकरण दिईएको छ । ठाकुरबाबा र बारबर्दियाका तथ्याँक संकलकहरुलाई यहि बैशाख २९ र ३० गते, मधुवन नगरपालिका र गेरुवा गाँउपालिकाका तथ्याँक संकलकहरुलाइ २७ र २८ गते अभिमूखिकरण गरिएको छ । उहाँहरुले प्रत्येक वडाबाट एक जनाको दरले ४ वटै पालिकामा एक बर्षमा भएको विवाहको तथ्याँक संकलन गर्ने योजना सहित तथ्याँक संकलकहरुलाई खटाईने भएको बि ग्रुपका सुपरभाईजर राकेश कडेलले जानकारी गराउनु भएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
लोकप्रिय छुटाउनुभयो कि ?