Logo

किशोरी युवाहरुलाई प्राविधिक तथा आर्थिक सहयोग गर्ने प्रतिबद्धता

Rato Pen ३१ बैशाख २०८०, आईतवार १०:२४ मा प्रकाशित

बारबर्दिया, २९ गते
बारबर्दिया नगरपालिकाका नगरप्रमुख छबिलाल थारुले सुक्रबार नगरप्रमुखको कार्यकक्षमै भएको साझेदार संस्थाहरुको समन्वय बैठकमा किशोरी युवाहरुलाई प्राविधिक तथा आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
बारबर्दिया नगरपालिकामा प्लान इन्टरनेशनल नेपाल र बि ग्रुपको साझेदारीमा संचालित वाल विवाह न्युनिकरण कार्यक्रम अन्तरगत जिविकोपार्जन अन्तरगत ब्यबसायिक सिप र ढाका कपडा बुनाई ब्यबसायि संचालनमा पनि पालिका मार्फत आवश्यक पर्ने प्राविधिक तथा आर्थिक रुपमा सहयोगको प्रतिबद्धता गर्ने निर्णय भएको र प्राप्त सहयोग पाएका ब्यक्तिहरुको पालिका तथा साझेदार संस्थाबाट अनुगमन निरिक्षण गर्ने निर्णय गरेको छ ।
बारबर्दिया नगरपालिका भित्रका सबै सामुदायिक विद्यालयको सेवा क्षेत्रभित्र विद्यालय उमेर समुहका बालबालिकाहरुको विद्यालय बाहिर नभएको बारे शिक्षा युवा तथा खेलकुद शाखाबाट सुचना प्राप्त भएकोले विद्यालय बाहिर नरहेकोले ए एल पी कक्षा संचालन गर्न आवश्यक नदेखिएकोले ए एल पी कक्षाको सत्तामा सिकाई उपपलब्धी कमजोर भएका बालबालिकाको श्रोत कक्षा संचालन गर्ने निर्णय गरेको छ ।
बैठकका बारबर्दिया नगरपालिकाका नगरप्रमुख छबिलाल थारु, महिला बालबालिका शाखा प्रमुख उशा पुन, उद्यम विकास सहजकर्ता पावती गौडेल, क्षिशा, युवा तथा खेलकुद शाखाका खोमराज काफ्ले, प्लान इन्टरनेशनलकी मन्दिरा न्यौपाने, बिमल गैरे, राजु खत्री, बिग्रुपका डम्बर सुनार, विर्खराज उपाध्यय, कुलराज चौधरी, राकेश कडेल लगाएतको सहभागिता रहेको थियो ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?