Logo

कमाउन थालेपछि सम्मान

Rato Pen ३ जेष्ठ २०८०, बुधबार १२:१७ मा प्रकाशित

बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका युवा किशोरी पुजा थारु र सीता थारु सिलाइ कटाइको काम गरेरै परिवार खर्च टारेकी छन् । कुनै समय बर्दियामा खेती किसानी गर्ने पुजा थारु अहिले भने सिलाइकटाइले आफ्नो जीवनस्तरमा सुधार आएको बताउँछिन् । उनले भनिन्, ‘पहिला त कसैले सहयोग माग्दा पनि पत्याउँदैनथे, अहिले कमाइ भएपछि सबैले सम्मान गर्न थालेका छन् ।’ आफ्नो दुःखका कथा सुनाउँदै उनले थपिन्, घरमा बुवा आमाकोे कमाइ थिएन, साहुले ऋण पनि पत्याउँदैनथे, अहिले सम्मानपूर्वक सबैले पत्याएका छन् । सबैभन्दा ठूलो आर्थिक रहेछ ।’

बर्दियामा प्लान इन्टरनेशनल नेपाल तथा भेरी वातावरणीय विशिष्टिता समूह (बि ग्रुप)को आर्थिक साझेदारी तथा ठाकुरबाबा नगरपालिकाको समन्वय सहकार्यमा बिगत १५ महिना देखि बाल विवाह न्युनिकरण परियोजना संचालनमा रहेको छ । उक्त परियोजना अन्तरगत ठाकुरबाबा नगरपालिका वडा नं ५ बनबीरपुर बस्ने युवा पुजा थारु पछिल्लो समय आत्मनिर्भर हुने बाटोमा छिन् । सामान्य खर्चका लागि समेत परिवारका पुरुष सदस्यको कमाइमा भर पर्दै आएका घरपरिवार यतिबेला आफ्नो खर्चको जोहो आफैँले गर्न थालेकी छिन् ।
महिला रोजगारीमा व्यस्त भएर आत्मनिर्भर हुन थालेपछि आर्थिक अभावका कारण उनीहरूले भोग्ने पीडामा कमि आउन थालेको छ । ‘पहिला मेरो कुनै आम्दानी नै थिएन, घरखर्च चलाउन सधैँ वुवा आमासंग पैसा माग्नुपर्ने बाध्यता थियो,’ ठाकुरबाबा नगरपालिका– ५ की सिता थारुले भनिन्, ‘अहिले वुवाआमासंग खर्चको लागि पैसा माग्नु परेको छैन । घरखर्च र भाई बैनी पढाउन पुग्ने कमाइ म आफैँ गर्न थालेकी छु ।’ प्लान इन्टरनेशनल नेपाल तथा बि ग्रुपको आर्थिक साझेदारी तथा ठाकुरबाबा नगरपालिकाको समन्वय सहकार्यमा संचालन गरेको ६५ दिने तालिम पछि आफ्नो गाँउमै सिलाइकटाइ पसल थालेकी हुन् । सिलाइकटाइ तालिमले उनलाई पैसा आउने बाटो मात्रै देखाएन, परिवार र भाइ बैनीको अध्यानलाइ समेत सहयोग पुगेको छ । पैसा कमाउन थालेपछि पहिला के गर्न सक्छन भन्नेहरुले सम्मान गर्न थालेका छन् । परिवारको आर्थिक अवस्था कमजोर भएका युवा महिलाका लागि बि ग्रुपले व्यावसायिक सीप सिकाउने र क्षमताअनुसारको काम दिन थालेपछि बर्दिया जिल्लाका १८ जना युवा महिला आर्थिक रूपमा आत्मनिर्भर बनेका छन् । सस्थाले संचालन गरेको ६५ दिने तालिम सिकेकी पुजा थारु अहिले आफैले संचालन गरेको सिलाइकटाइ पसलमा अन्य युवा महिलालाई सिलाइकटाइ तालिम सिकाउने प्रयासमा छिन् ।

पुजा भन्छिन भन्छिन्, ‘कुनै दिन घरमा बुवा आमा संग पैसा माग्दा डराउनुपथ्र्यो । किनकि घरमा कमाइ थिएन । आज त वुवा आमा तथा घरका छिमेकीले पनि सम्मान गर्छन्, गाउँलेको पनि व्यवहार फेरिएको छ ।’ पुजाले बैशाख महिनामा मात्र २९ जोडा बिभिन्न खालका लेगां, सटपइन्ट,कुर्ता सुरुवाल,म्याक्सी पेटीकोट सिलाई गरि करिब ६ हजार २ सय आम्दानी गरेकी छिन् ।

२४ बर्षीय पुजा थारु पनि कुनै समय बिहान–बेलुकाको छाक टार्न घरपरिवारको धौ–धौ थियो । वुवा रोजगारीका लागि नेपालका बिभिन्न स्थानमा ज्याला मजदुरी गर्न जाने र परिवारको जिविकोपार्जन गर्नका लागि समेत कठिनाइ परेको थियो । तर, हिजोआज समाजमा सिता उदाहरणीय कामकाजी महिला बनेकी छिन् । सिता भन्छिन्, सिलाइ कटाइको काम पनि रामै्र छ, यसले गर्दा घरपरिवारको जिविका र भाइबैनी पठाउनका लागि साहाराको रुपमा बनेको छ । यसरी बिपन्न परिवारका हामी परिवारलाई छनौट गरि आयआर्जनका पेशामा आबद्दता गराउने प्लान इन्टरनेशनल नेपाल तथा बि ग्रुप बाँकेलाई धन्यवाद दिएकी छिन् ।

प्लान इन्टरनेशनल नेपाल तथा बि ग्रुपको साझेदारी तथा बर्दिया जिल्लाको मधुवन, बारबर्दिया, ठाकुरबाबा नगरपालिका र गेरुवा गाँउपालिकाको समन्वय सहकार्यमा परियोजना मार्फत ५० जना युवा महिलाहरुका लागि आयआर्जनमा सहयोग गरिएको छ ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?