
बारबर्दिया,
“हामी सबैको एउटै रहर, पुर्ण सरसफाई युक्त हाम्रौ घर” भन्ने नाराका साथ वडा स्तरीय सरसफाई अभियानलाई तिब्रता दिईएको छ । बारबर्दिया नगरपालिकाको वडा नम्बर १ देखि ५ न सम्ममा ३ बर्ष मनिका बच्चा रहेको घरपरिवारलाई पुर्ण सरसफाई उन्मुख बनाउने उदेश्यका साथ सरसफाई अभियान संचालन गरिएको हो ।
प्लान ईन्टरनेशनल नेपाल र गेरुवा ग्रामिन जागरण संघको साझेदारी तथा बारबर्दिया नगरपालिकाको समन्वयमा संचालित सरसफाई अभियान संचालन गरिएको छ । बारबर्दियामा १ देखि ५ नम्बर सम्मका ६ सय घरघुरीलाई पुर्णसरसफाई उन्मुख बनाउनका लागि वडा स्तरका सरसफाई संचालन भईरहेको छ । वडा नम्बर १ का १ सय ३८ घर, २ नम्बर वडामा २ सय ४१ घर, ३ नम्बर वडामा २ सय ३१ घर, वडा नम्बर ४ मा ३ सय १ घर र वडा नम्बर ५ मा २ सय १ घर घुरीमा अभियानको रुपमा गतिविधिहरु संचालनमा रहेको छ । जसमा पाँच वटै वडाका ५९ जना महिला स्वास्थ्य स्वयमसेविका, स्वास्थ्य चौकी तथा आधारभूत स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी, गेरुवा ग्रामिण जागरण संघका वास सहजकर्ता, सुपरभाईजर, जनप्रतिनिधि, स्थानीय बरघर, किशोरकिशोरीहरु आफ्नो क्षेत्रबाट अभियानमा लाग्नु भएको छ ।
उक्त परियोजना अन्तरगत सबभन्दा धेरै जोखिममा बालबालिकाहरु नै रहने भएको हुनाले ३ बर्ष भन्दा मूनिका बालबालिका रहेको घरलाई प्राथमिकतामा राखेर सरसफाई अभियान चलाईरहेको गेरुवा ग्रामिण जागरण संघ वास कार्यक्रमका सुपरभाइजर राधेकृष्ण थारुले जानकारी गराउनु भएको छ । सरसफाई अभियान अन्तरगत लक्षित गरिएको घरधुरीमा निरन्तर अनुगमन गर्ने, अनुगमनका क्रममा थप सल्लाह सुझाबसंगै पुरा नगरेका सुचकहरुलाई पुरा गर्नका लागि अनुरोध गर्ने कार्य गरिराख्नु भएको छ । ३ बर्ष भन्दा मुनिका बालबालिका रहेको घरको पुर्ण सरसफाईउन्मुख घोषणा गर्नका लागि सन् २०२३ मे को अन्तिम साता अर्थात जुनको पहिलो हप्तामै घोषणा गरिसक्ने कार्यक्रम रहेको सुपरभाइजर थारुले बताउनु भएको छ ।
सरसफाईको सुचक अन्तरगत चर्पिको गुणस्तर तथा प्रयोग, ब्यक्तिगत सरसफाई, हात धुने स्थान, खानेपानीको सुरक्षा, खानाको स्वच्छता एव सुरक्षा र घर तथा आंगानको सरसफाई गरेको हुनु पर्ने रहेको छ । अनुगमनका क्रममा उक्त सुचकहरु पुरा गरेका वा नगरेको अवस्थाको बारेमा गर्ने गरिएको गेरुवा ग्रामिन जागरण संघकी सुपरभाइजर लक्ष्मी भुर्तेलले जानकारी गराउनु भएको छ ।
अभियान अन्तरगत सुक्रबार वडा नम्बर ५को बनघुस्री टोलका घरहरुमा अनुगमन गरिएको छ । वडा अध्यक्ष लालबहादुर थारु चौधरीको नेतृत्वमा वडा सदस्यहरु, वास कार्यक्रमका कर्मचारी, स्वास्थ्उ संस्था तथा महिला स्वयमसेविकाहरुको सहभागिता रहेको थियो ।