
बर्दिया,
बारबर्दिया नगरपालिकाका वडा अध्यक्षहरुले वाल विवाह न्युनिकरण गर्ने खालका कार्यक्रमलाई आगामी आर्थिक बर्षको प्राथमिकतामा राख्ने बताउनु भएको छ । बारबर्दियामा भएको दुई दिने एक अन्तरक्रिया कार्यक्रममा बारबर्दियाका वडा अध्यक्षहरुले वाल विवाह न्युनकरणका कार्यक्रमलाई प्राथमिकतामा राख्ने बताउनु भएको हो ।
बारबर्दिया नगरपालिकाकी नगरउपप्रमुख रत्नकुमारी पाण्डेले बाल विवाह न्युनिकरणका लागि किशोरकिशोरीहरुसंग उपमेयर कार्यक्रम मार्फत छलफल तथा अन्तरक्रिया गर्ने, बारबर्दिया नगरपालिकाले बाल विवाह न्युनिकरणका लागि लिएको रणनीतिक कार्ययोजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने, वडा स्तरबाट नै बाल विवाह न्युनिकरण गर्ने खालका कार्यक्रमहरु समाबेश गरेर अभियानका रुपमा जोडबलका साथ लगाउने बताउनृ भएको छ । अहिले समुदायलाई सचेतना फैलाउनु पर्ने आवश्यकता रहेको बताउनु भएको छ । बाल विवाह रोक्ने क्रममा चुनौतीहरु छ तर त्यसलाई अन्त्य गर्नका लागि सबै वडा अध्यक्ष तथा सम्पुर्ण सरोकारवालाहरुले दृढताका साथ आ आफ्नाे वडामा सक्रिय भएर लाग्नु पर्ने बताउनु भएको छ ।
बाल विवाह न्युनिकणका लागि बिभिन्न तह र चरणमा छलफल तथा कार्यक्रमहरु गरिरहेको, वडा स्तरबाट पनि बाल विवाह न्युनिकरणमा सहयोग पुर्याउनका लागि निर्णयहरु गरेको जानकारी गराउनु भएको छ । आगामी बर्षको योजना तर्जुमा गर्ने प्रक्रिया चलिरहेकोले वाल विवाह न्युनिकरणका लागि संस्थागत संरचना तथा सचेतनामुलक कार्यक्रमहरु संचालन गर्ने खालका योजनाहरु निर्माण गर्नु पर्ने वडा अध्यक्षहरुको भनाई रहेको थियो । नगरस्तरबाट कार्यक्रमहरु संचालन गर्नका लागि कार्यपालिका तथा नगरसभाबाट नीति तथा कार्यक्रममा समाबेश गर्नका लागि एकमत रहने बताउनु भएको छ ।
प्लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टिता समुह(बि ग्रुप)को साझेदारीमा संचालित बाल विवाह न्युनिकरण परियोजना अन्तरगत पालिका स्तरको सरोकारवालाहरुका लागि बाल संरक्षण र बाल विवाहका बारेमा रहेका नीतिगत तथा कानुनी प्रावधानहरुको बारेमा अन्तरक्रिया भएको हो । यहि जेठ ७ र ८ गते संचालन भएको अन्तरक्रियामा सामाजिक अभियन्ता प्रकाश उपाध्ययले सहजीकरण गर्नु भएको थियो । नेपालको कानुनी तथा सामाजिक विकास क्रम र हालको अवस्था, बाल अधिकार सम्बन्धी बनेका ऐन, कार्य बिधि, रणनीति तथा दिगोविकास लक्ष्यका सुचक र बाल संरक्षण तथा बाल विवाह न्युनिकरणका लागि भएका प्राप्त उपलब्धको अवस्था, आगामी बर्षका लागि नीति तथा कार्यक्रम, बजेटको बिषयमा छलफल गराउनु भएको थियो ।
कार्यक्रममा बारबर्दिया नगरपालिकाका १ देखि ११ नम्बर वडाका वडा अध्यक्ष तथा वडा प्रतिनिधि, महिला बालबालिका शाखा प्रमुख, नगरउपप्रमुखको सहभागिता रहेको बि ग्रुप नेपालगंज बाँके अन्तरगत बाल विवाह न्युनिकरण परियोजनाका सुपरभाईजर राकेश कँडेलले जानकारी गराउनु भएको छ ।