Logo

मधुवनमा मानव वन्यजन्तु द्वन्द्व न्युनिकरणका उपाय सम्बन्धी अन्तरक्रिया

Rato Pen १२ जेष्ठ २०८०, शुक्रबार १२:१३ मा प्रकाशित

बर्दिया, जेठ ११ गते

मधुवन नगरपालिकाको आयोजनामा सरोकारवालाहरु बिच मानव वन्यजन्तु द्वन्द्व न्युनिकरणका उपाय सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज तथा बन, बन्यजन्तु सरक्षण सम्बन्धी काम गर्ने सरकारी तथा गैरसरकारी संस्थाको सहभागितामा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
कार्यक्रममा बर्दियाप्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले सबैजनाले साझा धारणा बनाएर संरक्षण अभियानको रुपमा संचालन गर्नु पर्ने बताउनु भएको छ । संरक्षण सम्बन्धी काम गर्ने सरकारी तथा गैरसरकारी संस्था बिचको कोरटिम बनाएर सबैले एउटै स्वरमा संरक्षणका लागि योजना तथा कार्यक्रमहरु माग गरेमा मानव र बन्यजन्तु बिचको द्वन्द्वलाई न्युनिकरण गर्न सक्ने बताउनु भएको छ । समुदायमा संरक्षण प्रतिको समारात्मक सचेतनाको आवश्यकता रहेकोले संरक्षण सम्बन्धी का मगर्ने निकायहरुले सचेतनाको कार्यक्रमलाई जोड दिनु पर्ने बताउनु भएको छ ।


मधुवन नगरपालिकाका नगरप्रमुख तेजबहादुर भाटले संरक्षण सम्बन्धी का मगर्ने सरकारी तथा गैरसरकारी संस्थाहरुलाई संरक्षणको क्षेत्रमा जिम्मेवार भएर काम गर्न सुझाव दिनु भएको छ । मधुवन नगरपालिका बन र बन्यजन्तुबाट पीडित भईरहेकोले त्यसको अल्पकालिन तथा दिर्घकालीन योजना बढाएर अगाडी बढ्नु पर्ने बताउनु भएको छ ।
कार्यक्रममा सहभागिहरुले संरक्षणलाई पर्यटनसंग जोड्ने, स्थानीयहरुलाई प्रमुख प्राथमिकता तथा धन सम्पति तथा मानवीय क्षति भएको बेलामा सहजतरिकाबाट उचित राहतको ब्यबस्था हुनु पर्ने, घर निर्माणमा सुरक्षित घरबनाउने, जनतालाई संरक्षणको महत्व र आवश्यकताको बारेमा अपनत्व बढाउने खालको हुनु पर्ने सहभागिहरुको भनाई रहेको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
लोकप्रिय छुटाउनुभयो कि ?