
बर्दिया, जेठ १७ गते
नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समितिको आयोजनामा कुम्भर अड्डा बेपत्ता योद्धा स्मृति पार्क बारबर्दिया १० सेम्रहवामा श्रमदान कार्यक्रम गरिएको छ । बर्दिया तथा बारबर्दियाको ईतिहास बोक्को स्थान र पर्यटकीय स्थलको रुपमा विकास गर्नका सहयोग पुग्ने उदेश्यले बर्दियाको पार्टी नेतृत्वले सरसफाईको कार्यक्रम गरिएको हो ।
सरसफाई कार्यक्रममा नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्यद्वय सन्तकुमार थारु, तिलकराम शर्मा हिमाल, लुम्बिनी प्रदेश सदस्य दुर्गाबहादुर थारु कबिर, जिल्ला अध्यक्षा भवनकुमार थारु लगाएतका नेता कार्यकर्ताहरुले श्रमदान स्वरुप झाडी सफाई तथा फोहर ब्यबस्थापनको काम गर्नु भएको छ ।
बर्दियामा १० बर्षे आन्दोलनको क्रममा नेपालमा सबभन्दा धेरै बेपत्ता पारिएको जिल्ला हो । उक्त पार्कमा बर्दिया जिल्ला बरिका बेपत्ता नागरिकहरुको सम्झनामा प्रतीकको रुपमा स्थापना गरिएको र सोही अनुसारको संरचना निर्माण भईरहेको छ ।
एतिहासिक रुपमा बर्दियाको सदरमुकाम(कुम्भर अड्डा) रहेको र सोही स्थानमा हाल बेपत्ता योद्घा पार्कको रुपमा बिस्तार गरिएको छ ।