Logo

कृषक महिला समुहद्धारा पोषण खाद्य प्रदर्शनी

Rato Pen २८ जेष्ठ २०८०, आईतवार २२:२९ मा प्रकाशित

बारबर्दिया, जेठ २७ गते
बारबर्दिया नगरपालिकाको वडा नम्बर ४ रानीपुरमा पोषण खाद्य प्रदर्शनी कार्यक्रम सनिबार सम्पन्न भएको छ । डी.सि.ए.को आर्थिक सहयोगमा आधार परियोजना अन्तरगत थारु महिला उत्थान केन्द्रको आयोजना तथा बारबर्दिया नगरपालिकाको समन्वयमा पोषणा खाद्य प्रदर्शनी कार्यक्रम भएको हो ।


बारबर्दिया ४ घोरपिट्टा र रानीपुरमा रहेको ३ वटा महिला कृषक समुहले बिभिन्न चरणमा पोषणा सम्बन्धी तालिम तथा कार्यक्रम गरेर सिकेका कुरालाई ब्यबहारमा लागु गर्नु पर्छ भन्ने सन्देश प्रवाह गर्नका लागि बिभिन्न किसिमका खाद्यबस्तु प्रस्तुत गर्नु भएको छ । पोषणयुक्त खाने कुराले हाम्रो स्वास्थ्य र बालबालिकाको बृद्धिविकासमा ठूलो सहयोग पुर्याउछ भन्ने कुराका प्रचारप्रसारका लागि प्रदर्शनी गरेको हुन् ।
कार्यक्रममा बारबर्दिया नगरपालिकाका नगरप्रमुख छबिलाल थारुले प्रदर्शनीमा राखेका कुराहरुलाई दैनिक जीवनमा खाएर लागु गर्नु पर्ने बताउनु भएको छ । हामीले हामै खेतबारीमा पोषिलो खानेकुराहरु उत्पादन गरिराखेका हुन्छ तर त्यसलाई सहि सदुपयोग गर्न नजानेर कुपोषित तथा अस्वस्थकर भईरहन्छौँ भन्नु भएको छ । उहाँले सबैलाई पोसिलो खानेकुरालाई दैनिक ब्यबहारमा लागु गर्न पर्ने बताउनु भएको छ ।
कार्यक्रममा बारबर्दिया नगरपालिकाकी नगरउपप्रमुख रत्नकुमारी पाण्डे, वडा नम्बर ४ का वडा अध्यक्ष सिताराम योगी, स्थानीय अगुवा तथा बरघरहरु अतिथिको रुपमा रहनु भएको थियो । कार्यक्रममा महिला समुहका सदस्यहरुले पोषण सम्बन्धी नाटक पनि प्रस्तुत गर्नु भएको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
लोकप्रिय छुटाउनुभयो कि ?