Logo

हेफर परियोजनाको दिगो ब्यबस्थापनको आवश्यकता रहेकोमा जोड

Rato Pen २९ जेष्ठ २०८०, सोमबार ०६:१२ मा प्रकाशित

बारबर्दिया, जेठ २८ गते
कृषि तथा पशुविकासमा आधारित सानाकिसान तथा युवा उद्यमशिलता साझेदारी परियोजाना(हेफर)ब्यबस्थापन तथा समन्वय समितिको बैठक बारबर्दियामा सम्पन्न भएको छ । बैठकमा सहभागी सदस्य तथा प्रतिनिधिहरुले हेफर परियोजनाको दिगो ब्यबस्थापनको महत्वपुर्ण आवश्यकता रहेको बताउनु भएको हो ।


समन्वय समितिका संयोजक तथा बारबर्दिया नगरपालिकाका नगरप्रमुख छबिलाल थारुको सभाध्यक्षताका बसेको बैठकले बिविध बिषयमा छलफल गरेको छ । परियोजानाको प्रगति विवरण, पेश्की पर्छौट तथा निकासा, बजेट रकमाअन्तरण, श्रोत वितरण लगाएत बिषयमा छलफल तथा निर्णय गरेको छ ।
उक्त परियोजनाको कुल बजेट ५ करोड, १४ लाख २८ हजार ५ सय ७१ रुपैयाँ रहेको छ । नगरपालिकाबाट ३ करोड ६० लाख र हेफर परियोजनाबाट १ करोड, ५४ लाख २८ हजार ५ सय ७१ रुपैयाँ रहेको छ । यस बर्ष ८३ लाख २१ हजार ९ सय ८९ रुपैयाँ माध्य नगरपालिकाबाट ६० लाख र हेफरबाट २३ लाख२१ हजार ९ सय ९० रुपैयाँ रहेको छ । लाभावित परिवार संख्या २ हजार ४ सय ७५ रहेको छ । यस बर्षको कार्यक्रममा वडा नम्बर १, ६ र ९ को ६ सय ५ घरमा संचालनमा भएको छ । आगामी बर्ष देखि ११ वटै वडामा संचालन हुने तयारी रहेको छ । परियोजना मार्फत लक्षित घरधुरीको बार्षिक आम्दानीमा बृद्धिगरि जीविकोपार्जनमा सुधार ल्याने लक्ष्य रहेको छ । कृषि र पशुपालनबाट बित्तीय सेवामा पहुच पुर्याउने, कृषि तथा पशुजन्यबस्तुको बजार प्रवर्धनका लागि बजार ब्यबस्थपान गरिदिने कार्यक्रमहरु रहेको छ ।


बारबर्दिया नगरपालिकाका नगरप्रमुख छबिलाल थारुले कृषि र पशुपालनका क्षेत्रमा लगानी गरिरहेकोले निकट भविष्यमा प्रतिफल देखि बताउनु भएको छ । अहिले निकै सुझबुझका साथ हेफर परियोजना मार्फत कृषि तथा पशुपालनमा लगानी गरेको बताउनु भएको छ । सकारात्मक सोचका साथ अगाडी बढिरहेकोले प्रतिफल प्राप्त गर्नेमा आशाबादी रहेको बताउनु भएको छ । हेफर परियोजनासंग ४२ महिनाको लागि सम्झौता गरि लगानी गरिरहेको बताउनु भएको छ ।
नगरउपप्रमुख रत्नकुमारी पाण्डेले कृषकहरुलाइृ समुह मार्फत समन्वय गर्ने र उहाँहरुको सहज जीविकोपार्जन गर्नका सहयोग पुर्याउने उदेश्यले हेफर कार्यक्रम संचालन गरेको बताउनु भएको छ । हाल बारबर्दियाको ३ वटा वडामा संचालन रहेकोमा आगामी आर्थिक बर्ष देखि ११ वटै वडामा संचालन गर्ने बताउनु भएको छ । साथै वडा अध्यक्षहरुलाई आफ्नो वडामा कुन ब्यबसायलाई प्राथमिकतामा पर्नु पर्ने हो, त्यसको लागि मानसिकता बनाई राख्न अग्रह गर्नु भएको छ ।
बारबर्दिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक कोईरालाले ब्यबसायको दिगोपन नै मुख्य कुरा रहेको बताउनु भएको छ । प्रविधि मार्फत सिक्ने र जीविकोपार्जन सहज हुने देखिएको बताउनु भएको छ । परियोजना सफल बनाउन सम्पुर्ण पक्षबाट प्रयास हुनु पर्ने बताउनु भएको छ ।
बैठकमा दिगोपन र बजारको दिगोब्यबस्थापनको बिषयमा छलफल गरिएको थियो । बारबर्दिया नगरपालिकाका जनप्रतनिधि, बिषयगत शाखाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थारु महिला उत्थान केन्द्रका परियोजना संयोजक किशोर चौधरीले जानकारी गराउनु भएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
लोकप्रिय छुटाउनुभयो कि ?