
मधुवन,
स्वास्थ्य सेवालाई प्रभाबकारी बनाउनका लागि मधुवन नगरपालिकालाई भिडियो एक्सरे मेसिन (Portable USG machine ) हस्तान्तरण गरिएको छ । नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक तथा सांसद जन्मजय तिमिल्सिनाले मधुवन नगरपालिकाका नगरप्रमुख तेजबहादुर भाटलाई हस्तान्तरण गर्नु भएको हो ।
मधुवन नगरपालिकाका नगरप्रमुख भाटको समन्वय तथा प्रदेश सांसद तिमिल्सिनाको विशेष पहलमा आईतबार मधुवन नगरपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । मधुवन नगरबासीलाई भिडियो एक्सरेका लागि अन्यत्र जाननपर्ने भएको छ । मधुवानको सरकारी स्वास्थ्य संस्थामा भिडियो एक्सरेको सुविधा नभएर निजी तथा पालिका बहिर भिडियो एक्सरेको सेवा लिनजानु पर्ने माध्यता रहेको थियो । प्रदेश सांसद तिमिल्सिनाले मधुवन नगरपालिकामा स्वास्थ्य सेवामा ईटा थप्ने काम भएको बताउनु भएको छ ।
लोकप्रिय समाचार