Logo

बाढी प्रतिकार्य परियोजनाको सामाजिक लेखा परिक्षण

Rato Pen ९ श्रावण २०८०, मंगलवार १६:४८ मा प्रकाशित

बारबर्दिया,
बाढी प्रतिकार्य परियोजनाको सामाजिक लेखा परिक्षण कार्यक्रम गरिएको छ । बारबर्दिया नगरपालिकाको वडा नम्बर ३, ५ र ७ नम्बर वडामा संचालित बाढी प्रतिकार्य परियोजनाको सामाजिक लेखा परिक्षण तथा समिक्षा कार्यक्रम गरिएको हो ।
प्लान ईन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टिता समुह(बि ग्रुप) बाँकेको साझेदारी तथा बारबर्दिया नगरपालिकाको समन्वयमा बाढी प्रभावित क्षेत्र बारबर्दियाको वडा नम्बर ३, ५ र ७को बनगाँई, जबरपुर, बर्दिया, बनघुस्री र सोनपुर गाँउमा कार्यक्रम भएको छ ।


परियोजना मार्फत सडक मर्मत, हात धुने स्थान, सिँचाई मर्मत, विद्यालय शौचालय मर्मत कार्यमा समुदायको सहभागिता भएको, सफा तथा स्वच्छताका लागि एक सय स्थानमा धारा मर्मत, ९१ स्थानमा शौचालय मर्मत सम्भारबाट समुदायले नगद आर्जन गरेको, पुर्वाधार निर्माण, हात धुने र सरसफाईको तालिम पाए पछि समुदाय र विद्यालय खुसि भएको र परियोजना समयअवधि भित्र डिजाईन र लागत अनुमानमा अनुसार सबै संरचना पुरा भएको बि ग्रुपका परियोजना म्यानेजर बिर्खराज उपध्यायले जानकारी गराउनु भएको छ ।


बाढी प्रभावित समुदाय र विद्यालयमा खानेपानी, सरसफाई र स्वच्छतामा मर्मत संभार खानेपानी आपुर्ति, सरसफाई र सरसफाईका लागि बाढी प्रभावित लक्षित समुदायको पुर्वाधार पुनस्थापना गर्ने र पुर्ण सरसफाई तथा स्वच्छता बारे समुदायमा सचेतना अभिबृद्धि गर्ने उदेश्यले परियोजना संचालन गरिएको म्यानेजर उपध्यले बताउनु भएको छ ।
उक्त परियोजना मार्च देखि जुलाई २०२३ सम्म पाँच महिनामा ४६ लाख ५६ हजार रुपैया बराबरको आयोजना तथा कार्यक्रमहरुबाट बाढी प्रभावित प्रायोजित परिवार, समुदाय र विद्यालय लाभान्वित भएको बताउनु भएको छ ।


परियोजनाको समाजिक परिक्षण नमस्ते कहकारी संस्थाले गरेको थियो । सामाजिक परिक्षण नमस्कार शाहले सहजिकरण गर्नु भएको थियो । परियोजनाबाट उदेश्य अनुसारको समुदाय तथा विद्यालयहरुले लाभान्वित भएको, कार्यान्वन गर्दा समुदायका सहयोग र सहभागिता भएको पाईएको बताउनु भएको छ । परियोजना संचालनका कुराहरुमा सामान्वय, समयमा निर्माण गरी सुचना पार्टी राख्ने जस्ता कार्यमा ध्यान दिनु पर्ने सुझाब राख्नु भएको थियो । छलफलमा सहभागिहरुले छोटो समयमा राम्रो काम भएका र कुनै कामहरु सम्पन्न हुनबाँकी रहेकोले समयमा सम्पन्न गर्नु पर्ने र सामाजिक परिक्षण गर्नु अघि परियोजनाको सरोकारवालाहरुलाई अनुगमन गराउनु पर्ने सुझाब राख्नु भएको थियो ।


बारबर्दिया नगरपालिकाका नगरप्रमुख छबिलाल थारुले परियोजना संचालन गरिरहदा निरन्तर समन्वय र सहकार्यको आवश्यकता रहेको बताउनु भएको छ । संचालनमा रहेको परियोजनाको बारेमा स्थानीय तथा लाभग्राहीहरुलाई सु–सुचित गरि सचेतना पैmलाउनु पर्ने बताउनु भएको छ । स्थानीयलाई सचेत नराएर आयोजना सम्मन्न गरे समाज बिखण्डनबाट जोगाउन सकिने बताउनु भएको छ । सचेतना संगै भौतिकसंरचनाहरु निर्माण गर्नु पर्ने आवश्यकता रहेको बताउनु भएको छ । बारबर्दिया नगरपालिकाकी नगरउपप्रमुख रत्नकुमारी पाण्डेले कार्यक्रमको निरन्तताको आवश्यकता रहेको बताउनु भएको थियो ।


प्लान ईन्टरनेशनलकी मन्दिरा न्यौपानेले कार्यक्रमको बारेमा जानकारी गराउदै पालिका र संघसंस्थाको समन्वयमा काम गर्दा तोकीएको उदेश्य पुरा गर्न सहज हुने बताउनु भएको छ । परियोजनको कार्यक्रम कार्यान्वयनको अवस्था, सुधार गर्नु पर्ने अवस्था र आयोजनाको दिगोपनाको बिषयमा समिक्षा गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको बताउनु भएको छ । बि गु्रपका कार्यकारी निर्देशक डम्मर सुनारले स्वागत गर्नु भएको थियो ।


परियोजना संचालन भएको २ आधारभूत र २ मावि विद्यालयमा सरसफाईका लागि शौचालय मर्मत संभारमा सहयोग पनि गरिएको थियो । कार्यक्रममा परियोजना संचालन भएका समुदाय तथा विद्यालयका प्रअ, विब्यसहरुको सहभागिता रहेको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
लोकप्रिय छुटाउनुभयो कि ?