
बारबर्दिया, श्रावण ११,
बारबर्दिया नगरपालिकाका सामाजिक धार्मिक अगुवा तथा बरघरहरुले यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धि जानकारी किशोरकिशोरीहरुलाई जानकारी गराउनु पर्ने आवश्यकता रहेको बताउनु भएको छ । समुदायमा हानिकारक अभ्यासको रुपमा रहेको बाल विवाह, जबरजस्ती गरिनेविवाह र चाडै गरिने विवाहलाई न्युनिकरण गर्नका लागि यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी समुदायमा खुलेर कुरा गर्न आवश्यक रहेको बताउनु भएको हो । जयनगरमा धार्मिक अगुवाहरुको लागि यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धि भएको दुईदिने तालिम पश्चात सहभागि अगुवाहरुले उक्त कुरा बताएका छन् ।
उहाँहरुले समुदाय स्तरमा जनचेतनामुलक कार्यक्रम तथा छलफल गर्ने योजना समेत बनाउनु भएको छ । किशोरकिशोरीहरुलाई यौन तथा प्रजनन् स्वास्थ्यको बिषयमा जानकारी गराउने, शारीरिक मानसिक, सामाजिक, भावनात्मक विकासको बारेमा जानकारी गराउने, किशोरा अवस्थामा हुने परिवर्तको बिषयमा जानकारी गराउने कार्ययोजना बानाउनु भएको छ ।
यौन तथा प्रजनन स्वास्थ्य र अधिकारका बारेमा राम्रो जानकारी भएमा समुदायमा स्थानीय अभिभावकहरुलाइ सहजिकरण गर्न यो तालिमले मदत पुग्ने उदेश्यले तालिमको आयोजना गरिएको छ । तालिममा बारबर्दिया नगरपालिकाका १८ जना सक्रिय रुपमा समुदायमा काम गर्ने बडघर र धार्मिक अगुवाहरुको सहभगिता रहेको छ ।
भेरी वातावरणीय विशिष्टता समुह (बि ग्रुप) बाँके र प्लान ईन्टरनेशनल नेपालको साझेदारीमा संचालित बाल विवाह न्युनिकरण परियोजना अन्तर्गत धार्मिक तथा सामाजिक अगुवाहरुलाई तालिम प्रदान गरिएको बि ग्रुपका सुपरभाईजर भरत चौधरीले जानकारी गराउनु भएको छ ।