
ठाकुरबाबा नगरपालिका वडा नम्बर ७ सुन्दरपुरको शिव सुन्दर माध्यामिक विद्यालयलाई हात धुने स्थान हस्तान्तरण गरिएको छ । बाल विवाह न्युनिकरण परियोजना अन्तरगत प्लान इन्टरनेशनल नेपाल र भेरी बातावरणीय विशिष्टता समुह (बि ग्रप) बांकेको साझेदारी तथा ठाकुरबाबा नगरपालिकाको सहकार्यमा विद्यालयका बालबालिकाहरुलाई २ लाख ९३ हजार ८ सय २५ रुपैयाको लागतमा निर्माण गरि हात धुने स्थान हस्तान्तरण गरिएको हो ।
बालबालिकाहरुको सहजता र सिक्षण सिकाई उपलब्धिमा बृद्धि गराउने उदेश्यले हात धुने स्थान निर्माण गरी हस्तान्तरण गरिएको छ । बि ग्रुपको साझेदारीमा बाल विवाह न्युनिकरण परियोजना मार्फत विद्यालय एंव अध्यायनरत बालबालिकाको शिक्षा,स्वास्थ्य ,भौतिक विकास लगायत विविध पक्षमा निरन्तर सहयोग र समन्वयकारी भूमिकाको मुल्याँकन गर्दै हात धुने स्थान हस्तान्तरण कार्यक्रमको अवसरमा विद्यालयले प्रशंसा पत्र समेत प्रदान गराएको छ ।
उक्त परियोजना बर्दिया जिल्लाको बारबर्दिया, मधुवन र ठाकुरबाबा नगरपालिका र गेरुवा गांउपालिकामा सन २०२२ देखि कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ ।
विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा ठाकुरबाबा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष कलम विष्टले बालबालिकाहरुका लागि विभिन्न किसिमका कार्यक्रम ल्याएर मात्र नहुने विशेष गरी सिकाई उपलब्धीलाई विशेष जोड दिनुपर्ने बताउनुभयो । उहाँले आफ्ना बालबालिकाहरुको सिकाई उपलब्धिका विषयमा अभिभावक र शिक्षक विचमा छलफल गरी बालबालिकाहरुको सिकाई केकस्तो भइरहेको छ र आगामी दिनमा सिकाई उपलब्धी वृद्धि गर्न कस्ता खालको उपाय अपनाउन सकिन्छ यसको बारेमा ध्यान दिनुपर्ने बताउनुभयो । ठुला ठुला भवन मात्र भएर हुदैन , यदि बालबालिकाहरुको सिकाईमा वृद्धि भएन भने त्यसको केहि औचित्य हुँदैन, यसका लागि विद्यार्थी सबै विषयमा ख्याल हुने बातावरण सिजृना गर्नुपर्छ उहाँले भन्नुभयो ।
हाँत धुने स्थान हस्तान्तरण कार्यक्रममा बोल्दै विद्यालयका प्राधानाध्यापक सुरेन्द्र चौधरीले विद्यालयलाई हात धुने स्थान निर्माण गरी बालबलिकाहरुको स्वास्थ्य शिक्षा र भौतिक विकास लगायत विविध पक्षमा सहयोग गर्ने सहयोगि निकायलाई धन्यबाद व्यक्त गर्नुभएको छ । उहाँले बालबालिकाहरु शैक्षिक मात्रै नभई हातबाट लाग्न सक्ने संक्रामक रोगबाट बचाउने यसको महत्वपुर्ण भुमिका रहने बताउनुभयो । उहांँले बालबालिकाहरुको सहजताका लागि यस्ता किसिमको कार्यक्रमहरुको अपेक्षा गरेको बताउनुभयो ।
विद्यालयलाई बालमैत्री ,आचारसंहिता, लैगिंक तथा बालमैत्री, भयरहित बातावरणमा अध्यापन गराउनुपर्ने, गुनासो सुनुवाई कार्यविधि अनुसार गुनासोलाई सम्बोधन गर्ने,फोकल शिक्षक तोकि महिनावारीबारे व्यवस्थापन गर्नुपर्ने लगायतका विषयलाई उठान गर्दा विद्यालयमा विद्यार्थीहरुको सहभागिता बढाउन सकिने सहभागीहरुको भनाई छ ।
प्लान इन्टर नेशनल नेपालका विमल गैरेले एकैपटक २० जना सम्म विद्यार्थीले प्रयोग गर्न सक्ने हात धुने स्थानको उचित तरिकाले दिगो रुपमा प्रयोग गर्न आग्रह गर्नुभएको छ ।
कार्यक्रममा बि ग्रुप बांकेका परियोजना संयोजक विर्खराज उपाध्यय, प्राविधिक संयोजक लक्ष्मी शर्मा विद्यालयका शिक्षक शिक्षिका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कलम विष्ट लगायत बिद्यार्थीहरुको सहभागिता रहेको बि ग्रुप बांकेकी फिल्ड सुपरभाइजर विमला रावतले जानकारी दिनुभयो ।