Logo

बारबर्दिया कृषि विकास शाखालाई KIOSK मेसिन हस्तान्तरण

Rato Pen १६ श्रावण २०८०, मंगलवार १४:४८ मा प्रकाशित

बारबर्दिया,
कृषिकहरुलाई जियो कृषि एप्स मार्फन कृषि तथा पशुपालन सम्बन्धी सेवा लिनमा सहयोग पुर्याउने उदेश्यले बारबर्दिया नगरपालिका कृषि शाखालाई KIOSK मेसिन हस्तान्तरण गरेको छ । हेफर इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा थारु महिला उत्थान केन्द्रद्धारा संचालित LASER PULSE परियोजना अन्तरगत KIOSK मेसिन बारबर्दिया नगरपालिका कृषि विकास शाखालाई हस्तान्तरण गरेको हो ।


जियो कृषि एप्स मार्फत कृषि गरेका किसानहरुलाई अनलाईन तथा स्मार्ट मोबाईलबाट कृषि र पशुपालन सेवा लिन कार्यालय तथा बिज्ञहरुलाई खोज्नु नपर्ने सोही मेसिनबाट लिन सकिने ब्यबस्था रहेको छ । थारु महिला उत्थान केन्द्रकी कार्यकारी निर्देशक प्रिज्मासिंह थारु, थारु महिलाकै कार्यक्रम संयोजक तेजमणि पन्त, थारु महिला उत्थान केन्द्र, हेफर परियोजना अन्तरगतका किशोर चौधरीले बारबर्दिया नगरपालिकाका नगरप्रमुख छबिलाल थारु, नगरउपप्रमुख रत्नकुमारी पाण्डे, कृषि शाखाका राजेश वलीलाई उक्त मेसिन हस्तान्तरण गर्नु भएको छ ।


किसानहरुले आफ्नो स्मार्ट मोबाईलबाट जियो कृषि एप्स मार्फत कृषिको हरेक किसिमको सुविधा लिन सक्ने ब्यबस्था रहेको छ । कृषि र पशुसेवाका लागि घरमै बसेर सेवा लिन सक्नु हुन्छ भने शाखाबाट नै किसानहरुको समस्या हेर्न सक्ने छन् । किसानहरुलाई आधुनिक कृषि प्रणाली तथा प्रविधिमैत्री बनाउनका लागि ठूलो सहयोग पुग्ने अपेक्षा लिईएको छ । किसानहरुलाई जियो कृषि एप्स मार्फत जोड्नु पर्ने र वडा स्तर सम्मा KIOSK मेसिन पुर्उन सके कृषकहरुलाई सहयोग सहज हुने अनुमान गरिएको छ । स्मार्ट मोबाइल नभएका कृषकहरुले नगरको कृषि विकास शाखामा आएर उक्त मेसिनको प्रयोग गरी निःशुल्क प्राविधिक सेवा लिन सकिने छ ।


लोकप्रिय समाचार
ताजा समाचार
लोकप्रिय छुटाउनुभयो कि ?