Logo

गुलरियाका कृषकहरुको डिजिटल प्रविधि प्रयोगको अवस्था तथा नीति तर्जूमा कार्यशाला

Rato Pen १८ श्रावण २०८०, बिहीबार १५:५७ मा प्रकाशित

बर्दिया,
गुलरिया नगरपालिकाका कृषकहरुको डिजिटल प्रविधि प्रयोग अनुसन्धानको नतिजा प्रस्तुतीकरण तथा नीति तर्जुमा कार्यशाला कार्यक्रम गरिएको छ । महिला लघु उद्यमीहरुलाई सशक्तीकरण गर्ने रणनीतिको रुपमा डिजिटल प्रविधिको प्रयोग बारे अनुसन्धन परियोजनाद्धारा गरिएको अनुसन्धान नतिजा प्रस्तुत गरिएको हो ।
कार्यक्रममा जिल्ला समन्वय समिति बर्दियाका प्रमुख सुर्यबहादुर बिष्टले आठै पालिकामा डिजिटल प्रविधिको बारेमा समन्वय र सहकार्य गर्नु पर्ने बताउनु भएको छ । किसानको माटो जाँच गरि कुन खेतिको लागि उपयुक्त छ, सोहीबारेमा खेति गर्नका लागि प्रोत्साहन गर्नु पर्ने कुरामा जोड दिनु भएको छ । बर्दियामा कृषकहरुले मुल्य नपाउने, बिचौलियाहरुको मारमा पर्नु पर्ने बाध्यतालाई हटाउने खालको कार्यक्रमको आवश्यकता रहेको बताउनु भएको छ ।


कार्यक्रममा गुलरिया नगरपालिका नगरउपप्रमुख सावित्रा गौतमले गुलरियाको १ देखि १२ वडा सम्मका किसानहरुलाई डिजिटल प्रविधिमा जोड्ने प्रयास गर्ने बताउनु भएको छ । कृषकहरुलाई समयानुसारको प्रविधिमा पहुच गराउन सकिएन भने बजारसंग प्रतिस्पर्धा कठिन हुने भएकोले प्रविधिकोसंग जोड्नु पर्ने आवश्कता रहेको बताउनु भएको छ ।
गुलरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमकार शाहले जियो कृषि एप्सलाई किसानको पहुचमा पुर्उनका लागि नगरपालिकामा नीतिगत रुपमा नै अगाडी ल्याउने बताउनु भएको छ । नगरपालिकाले नीति तथा कार्यक्रमममा नै समाबेश गरी, कार्यपालिकामा छलफल चलाउने र किसानहरुको सहजताका लागि पालिका पछाडी नहट्ने धारणा राख्नु भएको छ ।


कार्यक्रम वडा नम्बर ९ का वडा अध्यक्ष हरीप्रसाद पासीले जियो कृषि एप्सको बारेमा जनप्रतिनिधिहरुलाई जानकारी गराउनु पर्ने र उहाँलाई थाहा भएपछि जनतामा लैजान पनि सजिलो हुने बताउनु भएको छ । कृषकहरु तथा सहकारी सस्था संचालकहरुले जियो कृषि एप्सबारे कृषकहरुलाई शिक्षा दिनु पर्ने, यस बिषयमा जनप्रतिनिधिहरुलाई पनि जानकारी गराउनु पर्ने, एप्सलाई प्रभावकारी बनाउनका लागि स्थानीय सरकारले स्वामित्व लिनु पर्ने, एप्सलाई सहज बनाउनु पर्ने सहभागिहरुको भनाई रहेको थियो ।


कार्यक्रममा सीमान्तकृत महिला लघु उद्यमीहरुको डिजिटल प्रविधिको प्रयोगका वाधक र सहयोगी तत्वको पहिचान गर्ने, कार्यक्रम पहिचान गरी केही लागु गर्ने, महिला सशक्तीकरण बीचको सम्बन्ध बारे बुझ्ने उदेश्यका साथ अनुसन्धान गरिएको थियो । परियोजना संचालन भएको क्षेत्रमा कृषिमा आधारित ८२.८ प्रतिशत रहेको, महिला उद्यमीहरुलाई ४२ वटा डिजिटल प्रविधि तालिम प्रदान गरिएको, १ हजार ४८ जना महिला उद्यमी प्रशिक्षित गरिएको र २ हजार २ सय ५६ जना भन्दा बढिले एप्स डाउजलोड गरेका जानकारी गराईएको छ ।


अनुसन्धानका क्रममा २२ देखि ६५ उमेर समुहका महिला उद्यमीहरुमा गरिएको मध्य ८०.४ प्रतिशत सीमान्तकृत रहनु भएको छ । जसमा अशिक्षित १२.५ प्रतिशत, लेखपढ जान्ने १६ प्रतिशत, प्राथमिक तह १४ प्रतिशत, निमाबि तह १८ प्रतिशत, ९६ प्रतिशत ईन्टरनेटको पहुचमा रहेको पाईएको छ । र उहाँहरुले कृषि एप्समा कृषिहरुको रुचि र सहजता थपिदै गएको पाईएको अनुसन्धानको नतिजामा देखिएको छ । १५ महिना सम्मा गरिएको अनुसन्धानमा १ सय ६३ जनालाई सहभागी गराईएको थियो ।
हेफर ईन्टरनेशनल नेपालको आर्थिक सहयोगमा थारु महिला उत्थान केन्द्रद्धारा संचालित लेजर नेपाल परियोजना अन्तरगत भएको कार्यक्रममा काठमाण्डौ विश्व विद्यालयका टीमले अनुसन्धान गरेको थियो । उहाँहरुले नतिजा प्रस्तुत गर्नु भएको थियो । उहाँहरुले स्थानीय सरकारले अपनत्व लिएर यस जियो कृषि एप्स मार्फत कृषकहरुलाई कृषि क्षेत्रका हरेक सेवा लिन सक्ने बनाउनु पर्ने सुझाब दिनु भएको छ ।


कार्यक्रममा गुलरिया नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, सहकारीका संचालन, कृषक लगाएतको सहभागिता रहेको थियो । थारु महिला उत्थान केन्द्रकी कार्यकारी निर्देशकको सभाध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण थारु महिला उत्थान केन्द्रका कार्यक्रम संयोजक तेजमणी पन्तले गर्नु भएको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
लोकप्रिय छुटाउनुभयो कि ?