
बर्दिया,
बर्दिया जिल्लामा रेबिज विरुद्ध दिइने भ्याक्सिन अभाब भएको दुई महिना पछि मात्र बर्दिया अस्पतालमा भ्याक्सिन आएको छ । भ्याक्सिन नभएको जनगुनासो बढ्न थालेपछि लुम्बिनी प्रदेश सदस्य तथा नेपाली कांग्रेसका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाको पहलमा २ सय ८० भाइल एन्टीरेबिज भ्याक्सिन (एआरभी) बर्दिया अस्पतालमा आएको हो ।
प्रदेश सांसद तिमिल्सिनाले आजै एक कार्यक्रमका बिच बर्दिया अस्पताललाई उक्त भ्याक्सिन हस्तान्तरण गर्नु भएको छ । बर्दिया अस्पतालका प्रमुख डाक्टर सुभाष पाण्डेलाई एआरभी भाइल हस्तान्तरण गर्दै तिमिल्सिनाले भन्नु भयो,– “म जनताको सेवक हुँ जनता पिडा र अभाब हुँदा टुलुटुलु हेरेर बस्न सक्दैन ।” उहाँले जिल्लामा सम्बेदनशिल भ्याक्सिन अभाब भएको थहा पाए पछि तुरुन्तै बुटवल गई आफुले एन्टीरेबिज भ्याक्सिन ल्यउन सहयोग गरेको बताउनु भएको छ ।
सरकारी मेडिकल स्टोर बुटवलमा भ्याक्सिन माग गरेको महिनौं भइसक्दा पनि नआउँदा समस्या भएको स्वास्थ्य कार्यालय प्रमुख गोर्कण गिरीले बताउनु भयो । ‘लिखित र मौखिम माग गर्दा गर्दै थाक्यौं,’ उहाँले भन्नु भयो,–‘अब दिक्क लागेर ताकेता गर्न पनि छाडेका थियाँै आज माननीय ज्युले आफ्नै पहलमा ल्याइदिनु भयो ।’
बर्दिया जिल्ला अस्पतालमा दैनिक ४ र ५ जना कुकुरले टोकेका बिरामी आउने गरेका छन् । तर, उहाँहरू कसैले पनि एन्टीरेबिज भ्याक्सिन पाउन सक्नु भएको थिए । सरकारले निःशुल्क उपलब्ध गराउने एन्टीरेबिज भ्याक्सिन बर्दिया जिल्लामा २ महिनादेखि अभाव थियो ।